काठमाडौ। विशेषत अक्सर १३ बर्षको उमेर पुगेपछि बालिकाको महिनावारी अर्थात मिन्स हुने गर्दछ। यो स्वभाविक प्राकृतिक अवस्था हो। केही समययता विश्वभर नै अर्गानिक खानेकुरा भन्दा जंक फुडका कारण समयभन्दा पहिला नै उमेर नपुग्दै मिन्स हुने बालिकाको संख्यामा अत्याधिक बृद्धि भएको बेलायतवाट प्रकाशित पत्रिका सनले उल्लेख गरेको छ।

लण्डनबाट प्रकाशित हुने सन पत्रिकाका अनुसार, बालिकाहरु ६ देखि ७ बर्षको उमेरमा नै मिन्स हुन थालेको छ। त्यसैगरेर, बालकहरुको पुरुषता अर्थात मच्योरिटी पहिलेको तुलनामा दुई बर्ष अगाडि हुने गरेको पाइएको छ। सन् १८६० को दशकमा केटीहरुको वयस्क अवस्थाको औसत उमेर १६.६ वर्ष हुने गरेको वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागेको छ। तर यो क्रम सन् २०१० सम्म आइपुग्दा औसत उमेर १०.५ वर्षमा झरेको वैज्ञानिकहरुको निष्कर्ष छ।

यस्तो गिरावट भइरहेमा सानो उमेरमा नै केटीहरु गर्भवती हुने र यसबाट शारिरीक र मानसिक रुपमा केटीहरुमा समस्या देखिदै जाने त्रास, वैज्ञानिहरुमा रहेको सन पत्रिकाले छापेको छ। यौवन एक प्राकृतिक प्रक्रिया हो, जुन किशोरावस्थाको पूर्ण रुप वयस्कको तिर लम्कन्छ।शरिरमा हुने रासायनिक तत्वको निर्माणबाट हरेर मानिसहरुमा यो अवस्थाको सिर्जना हुन्छ।

जुन मस्तिस्कबाट पीयूषिका–ग्रन्थि (पिट्यूटरी ग्यान्ड) हुदै यौवन ग्रन्थिसम्म पुग्छ। जसले सेक्स हार्मोन्सको उत्पादन गरी केटा–केटीहरुको शारीरिक रुपमा परिवर्तन गराई यौवन अवस्थाको निर्माण गर्दछ।

जंक फूडबाट प्राप्‍त हुने तत्वले समयभन्दा पहिले नै यी ग्रन्थिहरुलाई सक्रिय गराई शारीरिक रुपमा परिवर्तन ल्याउने भएकाले उमेर नपुगी बालिकाहरुमा महिनावारी हुने अध्ययनको प्रतिवेदनमा उल्लेख भएको सन् पत्रिकाले प्रकाशित गरेको छ।

प्रकाशन मिति–२०७५ साल भदौ १५ गते शुक्रबार ।