जनकपुर। जनकपुरधाममा शुक्रवार स्वास्थ्य शिविर संपन्न भएको छ। श्री शशी बंशी मोति दत्त सेवा ट्रष्टद्वारा महाराज सागर,सीतामाता सदन, महाराज सागर, जनकपुर धाम,जनकपुर उपमहानगर पालिका–८, स्थित पगला बाबा धर्मशालामा बिशेष स्वास्थ्य शिविर भएको हो।

प्रेमपूर्ण सानुमैया असहाय सेवा कोषका प्रबन्धक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा उक्त स्वास्थ्य शिबिर संपन्न भएको हो। शिविरमा हाडजोर्नी,नशा,मुटु,रगत, नाक कान घाँटी र साधारण स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधी बितरण गरिएको थियो।

हाडजोर्नी सम्बन्धि बिशेष सुई समेत श्री शशी बंशी मोति दत्त सेवा ट्रष्टका संचालक डा.दीपककुमार दत्तद्वारा निःशुल्क लगाई सेवा प्रदान गरिएको थियो। शिबिरमा जम्मा ४२५ जान बिरामीहरूले स्वास्थ्य जाँच गरेर स्वास्थ्य लाभ गरेका थिए।

बर्षेनी आयोजना हुँदै गरेको उक्त स्वास्थ्य शिबिमा आगामी बर्ष नेपाल स्वयंसेवी रक्तदाता समाज धनुषा जिल्ला शाखाद्वारा रक्तदान उत्प्रेरणा कार्यक्रम संचालन गरि रक्तदान कार्यक्रम समेत आयोजना गरिने भएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ३० गते शुक्रबार ।