जनकपुर। १३ दक्षिण एशियाली खेलकुद (साग)को जनकपुरमा जारी तेश्रो दिनको कुस्तीमा नेपालले २ रजत र २ कास्य पदक प्राप्त गरेको छ। महिला तर्फ २ रजत र पुरुष तर्फ २ कास्य पदक प्राप्त गरेको हो।

नेपालको लागि महिला ६५ केजी तौल समुहमा शुसिला चन्द र ७२ केजी तौल समुहमा निर्मालाले रजत, ५९ केजी तौल समुहमा कोमल खत्रीले कास्य जिते भने पुरुष तर्फ ९२ केजी तौल समुहमा सुमिर साहले कास्य पदक जितेका थिए।

जनकपुरमा २० स्वर्णका लागि भइरहेको कुस्तीमा आइतबारसम्म फैसला भएको १८ स्वर्णको खेलमा नेपाल १ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गरेको छ। भारतले १२ स्वर्ण, पाकिस्तानले ३ स्वर्ण र श्रीलंकाले २ स्वर्ण प्राप्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २२ गते आइतवार ।