काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तीनदिनपहिले भारतीय वायुसेनाको एक विमान जनकपुर आएको छ।

जनकपुर विमानस्थलमा सोमबार दिउँसो भारतीय सेनाको विशेष विमान अवतरण भएको हो। विमानमा भारतीय सुरक्षा अधिकारीहरु रहेको जनकपुरस्थित सुरक्षा स्रोतले जानकारी दिएको छ।

मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी लिएर एअरफोर्सको विमान नयाँदिल्लीबाट सीधै जनकपुर आएको हो। भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २४ गते सोमवार ।