ललितपुर । जनताको सोच तथा चाहना बमोजिम कार्य गर्ने जनप्रतिनिधि सधै जनताको मनमा बस्ने गर्दछ। जनताले त्यस्तो मान्छे हरदम खोजिरहेको हुन्छ । तिनै मान्छेलाई चाहिरहेको हुन्छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय मान्छे विकासमान श्रेष्ठ नेतृत्वको टीम जनताको चाहना र खोजको टीम हो।

यसकारण जनताले ३० बैशाख, २०७९ को स्थानीय निर्वाचनमा फेरि भारी मतले निर्वाचित गरेर कदर गरेको छ। जनताले यति धेरै माया तथा स्नेह दिएर बहुमतव्दारा विजयी बनाएपछि मंगलवार एकाविहानै भिजन संसार डट्कमसंग कुराकानी गर्दै ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा अध्यक्षमा भारी मतले निर्वाचित जनताको मान्छे विकासमान श्रेष्ठले यो जित जनताको हो भनेर प्रतिक्रिया दिएका छन्।

सारा वडावासीको जित भएको बताउंदै पार्टीभन्दा माथि उठेर सदा जनताको सेवक बनेर पाँच बर्ष कार्य गरेको ठूलो पुरस्कारको रुपमा लिएको बताएका छन्। वडा अध्यक्ष श्रेष्ठका साथमा पुरानै टीम महिला वडा सदस्य शोभादेवी प्रधान, दलित महिला सदस्य मञ्जु रिजाल तथा खुला वडा सदस्यहरु अशोककुमार श्रेष्ठ र पूनम निरौलाको शानदार जित भएको हो।

सवैको चाहना र सोच अनुसार आफूहरुल वितेको पाँच बर्षमा कार्य गरेको प्रतिफल सारा वडावासीले दिएकोमा नवनिर्वाचित वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको टीमले वडावासीलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। अनि उनीहरुले भनेका छन्–यो जनताको जित हो।
प्रकाशन मिति–२०७९ साल जेठ ३ गते मंगलवार ।