काठमाडौं। जन्म दिनको शुभकामना दिने कार्यमा अब्बल दर्जाका मल्टीट्यालेन्ट संचारकर्मी सुरजवीर बज्राचार्यको अग्रता रहेको छ। आधा दशक अगाडि नेपालभाषामा जन्म दिनको शुभकामना गीत गाएर अग्रतामा आएका बज्राचार्यको जन्म दिनको शुभकामना नेपाली भाषामा पनि आउने भएपछि थप अग्रता कायम हुन गैरहेको हो।

आगामी आइतवार मे दिवसको दिन बुद्धविहार भृकुटीमण्डपको आयोजनामा नेपाली भाषामा जन्म दिनको शुभकामना विमोचन हुन गैरहेको जानकारी बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्।

बज्राचार्यका अनुसार, ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बुद्ध विहार भृकुटीमण्डपमा हुने भएको छ। नेपालभाषा पछि जन्मदिनको ह्याप्पी बर्थ–डे गीतमा बज्राचार्यको नेपाली भाषाको गीतमा छलाङ हुने निश्चित छ।

प्रकाशन मिति–२०७९ साल बैशाख १६ गते शुक्रवार ।