Make up Artist Jamuna Shrestha
Make up Artist Jamuna Shrestha

काठमाडौ। नेकपा एमालेको घटक जिफन्ट आवद्ध राष्ट्रिय सौन्दयकर्मी युनियनको काठमाडौ चमति इकाई गठन भएको छ।

प्रसिद्ध मेकअप आर्टिष्ट गंगा ज्योँ श्रेष्ठको अगुवाईमा गठन भएको चमति इकाई अध्यक्षमा चमति क्षेत्रकै प्रसिद्ध व्युटीपार्लर रिफ्रेस व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकी अगुवा व्युटीसियन जमुना श्रेष्ठ चयन भएकी छन्।Ganga Jamuna Beauty Union 3

त्यसैगरेर उपाध्यक्ष सरु महर्जन, महासचिव प्रतिमा शाही, सह–सचिव अनिषा नेपाली, कोषाध्यक्ष सृष्टि त्याःत र सदस्यहरुमा नगिना श्रेष्ठ, सविना महर्जन, सुनिता महर्जन र सहनाज बेगम चयन बने।

इकाई गठन कार्यक्रममा राष्ट्रिय सौन्दयकर्मी युनियनकी केन्द्रिय उपाध्यक्ष गोमा महत थापा, काठमाडौ जिल्ला शाखा अध्यक्ष रमिता श्रेष्ठ तथा भक्तपुर जिल्ला शाखाकी महासचिव सुजना श्रेष्ठको उपस्थिति रहेको थियो।

Ganga Jamuna Beauty Union 2प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।