काठमाडौं। भारतमा नरेन्द्र मोदी सरकारले जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण स्थिति बन्दै गइरहेको छ। जसलेगर्दा त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् ।

गत आइतबारबाट जम्मु–कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले त्यहाँ रहेका नेपालीहरुको जनजीवन पनि कष्टकर बन्न थालेको छ। हालसम्म नेपालीहरु सुरक्षित नै रहेपनि आगामी दिनमा बढ्न सक्ने तनावले उनीहरुमा चिन्ता बढाएको हो।

जम्मु–कश्मीरमा रहेका नेपालीहरुको संख्या यकिन नभए पनि भारतस्थित प्रवासी संगठनहरुले भने मौसमी मजदुरी गर्न आउनेलाई समेत हिसाब गर्दा करीब ८० हजारको हाराहारीमा रहेको बताएका छन्।

जसमध्ये सबैभन्दा बढी कठुवा, साम्बा, जम्मु सहर, उद्यमपुर, कश्मीरको श्रीनगर, पहलगाम, कार्गिल, लेहलद्दाक, बारामुला, पुलवामा, गुलमोहरमा नेपालीहरुको बढी बसोवास रहेका छन्। तिनीहरु मजदुरी, चौकिदारी, कुक, भरिया र स–साना व्यापारलगायतका काममा संलग्न रहेको कान्तिपुर डेलीमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २६ गते आइतवार ।