https://www.youtube.com/watch?v=InBTGwAcBGA

ललितपुर । मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले राहत वितरण गर्ने कार्य भएको छ। कोरोनाको महामारीको कारण जारी लकडाउनमा ललितपुर महानगरपालिका वडा नंबर २४ ताल्छीखेलस्थित स्वच्छ नेपाल संस्थामा आवद्ध असहाय अनाथहरुलाई राहत वितरण गर्ने कार्य भएको हो।

जरोकिलो महाअभियानले दाल, चामल, तेल लगायतका खाद्यसामग्री राहतका रुपमा वितरण गरेका हुन्। मानवअधिकारकर्मी नारायण लिंखा देवानको संयोजनमा जरोकिलो महाअभियानका युवा अभियन्ताहरु अभिषेक जोशी, अमर परियार आर्यले स्वच्छ नेपाल संस्थाका संस्थापक अध्यक्ष देवराज तमाटा तथा प्रशासनिक अधिकृत धना लोहारलाई राहत सामाग्री हस्तान्तरण गरेका थिए।

जरोकिलो महाअभियानका अध्यक्ष डा.निर्मलमणि अधिकारी लगायतका संपूर्ण टीमलाई स्वच्छ नेपाल संस्थाले धन्यवाद तथा आभार व्यक्त गरिएको थियो। स्वच्छ नेपाल संस्थामा ५ बर्षदेखि २१ बर्ष उमेर समूहसम्मका १७ जना असहाय बालबालिका, किशोर तथा युवाहरु आश्रित रहेको जानकारी मानवअधिकारकर्मी नारायण लिंखा देवानले दिएका छन्।

https://www.youtube.com/watch?v=InBTGwAcBGA

प्रकाशन मिति–२०७८ साल बैशाख ३१ गते शुक्रवार ।