लण्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौं युरोप महादेशीय कार्यक्रम हुने भएको छ। जसको तयारी तिब्र रुपमा अगाडि बढेको छ। आगामी अप्रील ३ र ४ का दिन जर्मनीको म्युनिखमा युरोपस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगिता सहित हुने भएको छ।

इनासको आठौं युरोपियन क्षेत्रीय सम्मेलनमा गायन र नृत्यका लागि भाग लिन ईनास युकेले मार्च १ आईतबार १२ बजेबाट अडिसन लिने तयारी गरेको छ। १३ बर्ष पुगेका बेलायतमा बस्ने नृत्य र गायनमा दख्खल जो कोहीले पनि ईनास यूकेलाई अडिसन दिन सक्ने ईनास युकेका अध्यक्ष विनोद चिपालुले बताएका छन् ।

अडिसनका लागि अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज, यूकेको सदस्यता लिएको हुनु पर्ने पनि अध्यक्ष चिपालुको भनाई छ। अडिसनका लागि भने कुनै शुल्क तिर्न नपर्ने भएको छ। कार्यक्रम जर्मनमा हुने भएकोले राहदानी भिसा तथा आवश्यक परामर्शका लागि अडिसनमा छनोट हुनेले विलम्ब नगरी आयोजकसंग सम्पर्क राख्न भनेको छ। लण्डनमा हुनेले प्लमस्टेडस्थित मनिष कुमार श्रेष्ठको गोर्खा क्लव र टाढा हुनेले आ आफ्नो स्थानबाटनै अडिसन दिन सकिने ईनासले जनाएको छ।

अडिसनका लागि संगित पर्वद्धन समितिका संयोजक सर्वेन्द्र अधिकारी (07428732663 ), दिपक थापा (07711155542, सुजन पराजुली ( 07539465997 ) र नृत्य संयोजक शिम्मी पुन (07983540429 ) लाई सिधै सम्पर्क गरी आवश्यक जानकारी लिन सकिने ईनास यूकेले बताएको छ।

प्रकाशन मिति–२०७६ साल फागुन १० गते शनिवार ।