Jermany Presedent New

काठमाडौ। जर्मनीको नयाँ राष्ट्रपतिमा पूर्वविदेश मन्त्री फ्राङ्क वाल्टर स्टाइनमायर निर्वाचित भएका छन्। समाचार एजेन्सीका अनुसार १ हजार २ सय ६० सदस्यीय निर्वाचक मण्डलमा स्टाइनमायरले ९ सय ३१ मत ल्याएर निर्वाचित भएका हुन्।

सोसल डेमोक्रेट पार्टीका सदस्य ६१ वर्षीय स्टाइनमायरलाई जर्मनीमा लोकप्रिय राजनेताको रुपमा लिइन्छ। उनले यसअघि दुई पटक विदेशमन्त्री भएर काम गरिसकेका छन् । वर्तमान राष्ट्रपति यो आखिम गाउकको कार्यकाल आगामी मार्च १८ मा सकिँदै छ।

७७ वर्षीय राष्ट्रपति गाउकले पाँच वर्षे कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन अस्वीकार गरेका थिए।
प्रकाशन मिति–२०७३ साल फागुन २ गते सोमवार ।