काठमाडौं । केही समयअघि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् । उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे ।

आफूलाई ह्याण्डसम लाग्ने भन्दै जलले मेयर बालेनको प्रशंसा गरिन् । मिडियामा देखेको भन्दा ह्याण्डसम लागेको भन्दै उनले प्रशंसामा शब्द खर्चिइन् । बालेन पनि जलको प्रशंसामा मख्ख परे । आफू जलको फ्यान भएको भन्दै उनका फिल्महरु नबिराई हेर्ने गरेको अनुभव बालेनले सुनाए ।

पूजा चन्द र जलका फिल्म त्यतिबेला आफूलाई खुबै मनपर्ने बालेनको भनाइ थियो । अनि बालेनले अमेरिकामा मेयरको सिस्टम कस्तो छ भन्दै जलका पति शरदलाई जिज्ञासा राखेका थिए ।

प्रकाशन मिति–२०७९ साल माघ २२ गते आइतवार ।