काठमाडौ। यौन संवन्धमा देखिएको स्वभाविकता तथा अस्वभाविकतामा संवन्ध तथा अवैध संवन्धको कुरा आउने गर्दछ। त्यो संवन्धमा गरिएको यौन संवन्धलाई स्वभाविक मानिन्छ।

जव संवन्धभन्दा बाहिर गएर संवन्ध राखिन्छ भने, त्यो अवैध संवन्ध नेपाली समाजले मानिदै आएको छ। त्यही अवैध संवन्धका कारण जन्मिएको सन्तानलाई जीवन दिनुको सट्टा मारेर फालेका देवर–भाउजु नै प्रहरीको कस्टडीमा पुगेका छन्। घटना नुवाकोट तारकेश्वर गाउंपालिकाको हो।

Modeling Photo-No related in News.

तारकेश्वरकी जवान २२ बर्षिय जवान भाउजु सविना अधिकारी र भाउजु भन्दा एक बर्षले जेठो २३ बर्षका विनोद अधिकारी वीच दाजु परदेशमा भएको अवस्थामा दुवैले लुकीछिपी यौन संवन्ध राखे। यौनको अग्नीज्वालामा दुवै रम्दैगए। जव सविनाको पेटमा विनोदको बच्चा हुर्कन थाल्यो। तव, दुवैको निन्द्रा हराम बन्यो।

सविनाको पति यानी विनोदको दाजु चार बर्षदेखि मलेसियामा रहेकोले अव श्रीमानले मार्ने भयो भन्ने पीर सविनालाई पर्नु स्वभाविक थियो। अनि दाजुले बेपत्ता गाली गर्ने भयो भन्ने डर बोकेका विनोदले अवैध संवन्धवाट जन्मेको बच्चालाई स्वभाविक रुपमा हुर्काउनुको सट्टा जन्मानासाथ हत्या गरेर मलकुण्डमा गांढ्ेको प्रहरीले सवुत प्रमाण सहित फेला परेपछि दुवैलाई प्रहरीले पक्राउ गरेको हो।

चार बर्षको छोरा समेत रहेकी सविनाले विनोदसंगको अवैध संवन्धवाट जन्माएको शिशु छोरी भएको प्रहरी निरीक्षक कौशल भट्टराईले भनेको कुरा अन्नपूर्ण पोष्ट दैनिकले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १६ गते शनिवार ।