ललितपुर । जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा यथार्थमा नै साकार भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख विकासमान श्रेष्ठ नेतृत्वको यो नारा व्यवहारमा नै साकार भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ लाई विसं.२०७४ सालको स्थानीय निर्वाचनमा सुखी तथा समृद्ध वडा बनाउने घोषणा अनुरुप निर्वाचित भएर आएपछि तदारुकताका साथ वडा सरकार प्रमुख श्रेष्ठले गरेका थिए। जसको परिणाम स्वरुप पाँच बर्षभित्र घोषणा पत्रमा बाचा गरेका लगभग सवै कार्य पूरा गर्न सफलता प्राप्त भएको दिल खोलेर वडा सरकार प्रमुख श्रेष्ठले भनेका छन्।

त्यसैको पुरस्कार स्वरुप ललितपुर महानगरपालिा वडा नंबर ५ का वडावासीले विकासमान नेतृत्वको वडा सरकार टीमलाई विसं.२०७९ साल बैशाखमा भएको स्थानीय सरकारको निर्वाचनमा बहुमतले निर्वाचित गरेका थिए। दोश्रो इनिङको वडा सरकार प्रमुखमा आसन्न भएयता विकास निर्माणका कार्यमा तिब्रता दिएर अगाडि बढाउने क्रममा बाँकी रहेको मानभवन क्षेत्रमा पर्ने ब्रिटिश क्याम्प पछाडिको कच्ची रोडलाई पक्की वनाउने क्रममा ढल निकास व्यवस्थित गर्ने कार्य यो हप्ताभित्र सम्पन्न गरेको जानकारी वडा सरकार प्रमुख श्रेष्ठले दिएका छन्।

आगामी हप्ताभित्र उक्त रोडको निर्माण सम्पन्न भएपछि वडाका कच्ची रोडहरुलाई पिच गरेर पक्की गर्ने कार्य पूरा हुने जानकारी पनि श्रेष्ठले दिएका छन्। अरु कुरा मात्र गर्छन, हामी काम गरेर देखाउछौ भन्ने वडा सरकार प्रमुख श्रेष्ठ आफूहरुको मूल उदेश्य भन्नु नै वडावासीको हक, हित र अधिकारको संरक्षण गरेर वडालाई समृद्ध र वडावासीलाई सुखी बनाउनु हो भन्छन्।

प्रकाशन मिति–२०७९ साल कात्तिक १७ गते विहीवार ।