काठमाडौ। अठारौ एशियन गेमका लागि इण्डोनेसियाको जाकार्ता पुगेका जापानी खेलाडीहरुलाई जापान फर्काएको छ। जापान ओलम्पिक कमिटीले सोमबार त्यहाँ महिलासँग रात बिताएको भन्दै ४ बास्केटबल खेलाडीलाई स्वदेश फर्काएको जापानी समाचार माध्यमहरुले जनाएको छ।

जापानी टोलीका सेभ दी मिसन योसुहिरो यामासिताले रातको खाना आएपछि ४ जना बास्केटबल खेलाडी जाकार्ताको एक होटलमा महिलासँग रात बिताउन गएकाले उनीहरूलाई तत्काल जापान फर्काइएको भनेका छन्।

स्वदेश फर्केका ४ खेलाडीमा ताकायुवा हासिमोतो, केइता इमामुरा, योया नागायोसी र ताकुमा सातो रहेका छन् । जापानिज ओलम्पिक कमिटीले स्वदेश फर्काइने ४ खेलाडीले आफ्नो हवाई खर्च आफैं व्यहोर्न पर्ने उल्लेख गरेको छ।

सोमबार कतारमाथि ८२–७१ को स्कोरमा जित हात पारेपछि यो घटना भएको थियो । इन्डोनेसियाको एक दैनिकले होटलबाट बाहिरिँदै गरेका जापानिज खेलाडीको तस्बिर प्रकाशित गरेपछि यो घटना बाहिर आएको थियो।
प्रकाशन मिति–२०७५ साल भदौ ५ गते मंगलवार ।