काठमाडौ। जाडो महिनामा तातो चिया या कफी खाने कुरा स्वभाविक हो। तर, यो जाडोमा कसैले चिया या कफीको स्थानमा चिसो मागेमा अनौठो कुरा मानिन्छ। यस्तै अनौठो स्वभाव थियटर आर्टिष्ट तथा नयाँ नेपाली चलचित्र उफ यो मनकी नायिका अमि दाहालको रहेको छ।

पुषको यो चर्को चिसोमा समेत अरु चिया तथा कफीको चुस्की लगाउंदै गरेको बेलामा अमि भने चिसो पिउनमा नै रमाउने गर्ने गरेको खुलासा भएको छ। काठमाडौको अनामनगर स्थित बाजेको चिया पसलनेर पुषको मध्य चिसोमा भेटिएकी अमिले त्यहाँ चिया तथा कफीको सट्टामा चिसो कोक माग्दा सवै तीनछक्क परेका थिए।

अरु चिया पिएर चिसो भगाउन व्यस्त बनिरहेको बेलामा चिसो कोक तनतनी पिएको देखेर हेर्नेहरुलाई पनि अनौठो मानेका थिए। जाडोमा चिसो पिउनुको कारण केही नभएको र चिया तथा कफी भन्दा पहिला देखि आफूलाई कोक नै मन पर्ने गरेकोले जाडो या गर्मी दुवै सिजनमा कोक नै पिउने नानीदेखिको बानी भएको उनले भिजन संसारलाई भनेकी छन्।

दिनमा धेरै त होइन, चारवटा कोक सम्म पिउने बानी भएको समेत बताएकी छन्। यसले स्वास्थ्यमा खासै हालसम्म असर नपरेको र आफ्नो बानी नै भैसकेको उनको भनाई रहेको छ।


प्रकाशन मिति–२०७४ साल पुष १६ गते आइतवार ।