–सुषमा महरा
(महिला उद्यमी तथा बरिष्ठ ब्युटीसियन–फेसियल हाउस)
काठमाडौं। जाडो मौसम शुरु भैसकेको छ। यो मंसिर, पुस र माघमा जाडोले निक्कै सताउने गर्छ। हिजोआज दिनानुदिन जाडो बढिरहेको छ। जाडो मौसम सवैको लागि कठिन नै हुने गर्दछ।

त्यसैले यस्तो जाडोमा खानाको साथ हाम्रो शरीरको राम्रो स्याहार–सुसार गर्न आवश्यक छ। जाडो महिनामा चिसोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्दछन्। छाला फुट्ने, अनुहार सुख्खा हुने, चाउरीने, हात–गोडा फुट्ने, कपाल झर्ने जस्ता समस्याले सबैलाई पीडित पारिराखेकै हुन्छ। यी सम्पूर्ण समस्याहरुको हल गरेर जाडो समयमा आफ्नो शरीरमा सुन्दरता चमकपन ल्याउन सकिन्छ।

१–छाला फुट्ने, चाउरीपन देखिने, सुख्खा हुनबाट बचाउन शरीरमा मोस्चर गर्नुपर्छ । मोस्चरको कमीले अनुहारमा चमकपन हुँदैन । त्यसैले गर्दा यस्ता समस्याहरु देखा पर्छन। यद्यपि, अनुहारमा चमकपन ल्याउनका लागि मोस्चर गर्नुपर्छ। भिटामीन ए क्रिम प्रयोग गरेर मोस्चर गर्न सकिन्छ। छाला एकदम सुख्खा छ भने राति सुत्दा गिल्सिंग,मस्टूराजार , कोल्डक्रिम लगायर सुत्ने गर्नु पर्छ । जस्ले छाला नरम र मुलायम बनाउइ राख्छ।

तर कुर्कुच्चा फुट्ने समस्या सर्वप्रथम त सफाइको कमिले नै हुन जान्छ । पैताला भनेको मोस्चर एकदमै कम हुने ठाउँ हो र शरीरको सबैभन्दा सुख्खा ठाउँ कुर्कुचा हो । त्यसैले राती सुत्नु अगाडि मन तातो पानीले खुट्टा धुने बानी गर्नुपर्दछ । त्यसपछि सुत्नु अगाडिसम्म मोजा लगाउने र सुत्दा खेरी मोजा खोलेर सुत्नु बानी गरियो भने बिहान खुट्टा नरम र कलिलो देखिन्छ।

२–मानिसको दैनिक जीवनयापनमा सबैभन्दा बढी प्रयोग हुने अङ्ग हात हो । पुरुषको तुलनामा महिलाले घरयासी काम गर्दा बढी हातकै जरुरत पर्दछ । भाडा माझ्नेदेखि कोठा सफा गर्नेसम्मको अझ जाडो वा चिसोको समयमा त महिलाहरु यो समस्याबाट गुज्रिनु परेको पनि देखिन्छ। तर, यसको घरायसी उपचार सजिलो छ । राती सुत्दा मनतातो पानीले हात धुने अनि हातमा ग्लिसरिन रोज वाटर राखेर सुत्दा हात नरम र गोरो पनि देखिन्छ ।

३–जाडो समयमा कपालसम्बन्धि विशेष गरेर दुईवटा समस्या देखा पर्छन । चायाँ पर्ने र कपाल झर्ने। कपाल जाडोमा धेरै गुम्स्याएर राख्नु, महिनौँ नधुनु प्रमुख समस्याहरु हुन्। त्यसो त गर्मीमा भन्दा जाडोमा कपालको हेरचाह कम हुन्छ। त्यस्तै, कपाल धुदा तातोपानीको प्रयोगले पनि कपालको जरा कमजोर भइदिन्छ।

त्यसैले पानीको सवालमा मनतातो पानीका प्रयोग गर्नु उपयुक्त हुन्छ। यसकारण कपाललाई चाहिने प्रोटिन तेलमा पाइन्छ। यद्यपि, दिउंसोको समयमा कपालमा मन तातो तेल लगाएर मसाज गर्ने र एक डेढ घण्टा पछि नुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन पनि मिल्छ र यस्का साथै हामीले जाडोको समय शरीरको अंगलाई चिसोले नछोवोस भनेर बाक्लो तातो न्यानो कपडा लगाउने गर्दा हामीले आफ्नो शरीरलाई चिसोबाट जोगाउन सक्छौ।
प्रकाशन मिति–२०७६ साल मंसिर २६ गते विहीवार ।