Beauty Expert M/s Ramita Shrestha
Beauty Expert M/s Ramita Shrestha

–रमिता श्रेष्ठ
व्युटी एक्सपर्ट

 

यो पुष–माघको जाडोमा हाम्रो शरीरको छालाको अझ बढी स्याहार गर्नु आवश्यक छ । अनावश्यक रुपमा यो जाडो मौसममा नै बढी छालामा विकार उत्पन्न हुने गर्दछ । त्यस्तो हुन नदिन समयमा नै सचेत हुन सकेमा अनावश्यक झन्झट तथा झमेलाबाट मुक्ति मिल्ने गर्दछ । छालाको हेरचाह गर्नुअघि छालाको प्रकारको बारेमा जानकारी हुन आवश्यक छ । जाडो महिनामा छाला धेरै सुख्खा हने भएकोले अरुबेला भन्दा यो मौसममा धेरै स्याहार आवश्यक पर्दछ ।

skin

स्याहारको तरीका
यदि छाला सुख्खा भएको खण्डमा छाला चाउरी पर्ने धेरै संभावना हुन्छ । छाला सुख्खा हुनुमा मोस्चरको कमीले हो। कोमलपनमा रुखोपन देखिनु, आँखामुनि रेखाहरु देखिनु, कसै–कसैको रातो पोतो तथा कालो दाग पनि देखिने गर्दछ । यस्तो अवस्थामा राति सुत्नुअघि मुखमा लोसन लगाउने, दिन–दिनै काँचो दूधले मुख तथा घाँटी धुने, भिटामिन ई क्रिम लगाउने, छालामा प्रत्येक दिनजसो हल्का मसाज गर्ने र कम्तिमा १ महिनामा १ पल्ट छालाको प्रकार हेरेर फेसियल गर्ने।

सुख्खा हुनुको कारण
–धेरै घाममा बस्नाले ।
–पानीको कमीले ।
–भिटामिन ई को कमीले ।
–पेटको खराबी ।
–भिटामिन ए,बी,सी र डी युक्त खानेकुराको कमी ।
–हिटर वा एसीमा बढी बस्नाले ।
–दिनको धेरैपल्ट मुख धुनाले ।
–सावुनको बढी प्रयोगल ।
–धुम्रपान गर्नाले ।
–तातो पानीले छाला धुनाले ।

Priyanka-Karki-Nepali-Chalchitra

जाँच्ने तरीका
–राति सुत्नुअघि सावुन पानी वा बेसन या साधा पानीले मुख धोएर सुत्ने। कुनै क्रिम तथा लोसन नलगाउने ।
–विहान उठेर टिस्यु पेपरले मुख, नाक, गाला, निधार, नाकको दाँया र बाँया दबाउने । यसो गर्दा टिस्यु पेपरमा चिल्लो नदेखिएमा छाला सुख्खा हो ।
–बजारमा पाउने लिटमस पेपरले पनि छालाको जाँच गर्न सकिन्छ ।
–फाउन्डेसनको प्रयोगले पनि छालाको जाँच गर्न सकिन्छ ।

रोकथाम
–सुख्खा छालामा छिट्टो चाउरीपन आउने गर्दछ । त्यसको लागि क्लिजिङ्ग मिल्कले सफा गर्ने ।
–राम्रो ब्राण्डको मोस्चराइजरको प्रयोग गर्ने ।
–सुन्तलाको गुदीलाई पिसेर आँटामा मिसाएर अनुहारमा लेप लगाउनाले चाउरीपन हट्छ ।
–गाजरको रसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाएर २० मिनेट पछि सफा पानीेले धुने ।
–तातो पानीको धेरै प्रयोग गर्नाले पनि छाला फुस्रो र सुख्खा हुन्छ ।
–तोरीको तेल हल्का मनतातो गर्ने र पेटको नाईटोमा लगाउनाले पनि छाला सुख्खा हुनबाट बचाउन सकिन्छ।
–दैनिक ८ देखि १० गिलास पानी पिउने ।
–हप्तामा ३ पटक भिटामिन ई युक्त क्रिमले अनुहारमा मसाज गर्ने ।
–महिनाको १ पटक छालाको प्रकार हेरेर फेसियल ट्रिटमेन्ट गर्ने ।
–आधा कप तातो पानीमा आइसिङ्ग सुगर २ चम्चा राखेर घोल्ने र चिसो भएपछि अनुहारमा मालिस गर्ने । २० मिनेट पछि मनतातो पानीले पुछ्ने ।
–सुख्खा छालामा स्क्रबको धेरै प्रयोग गर्नु हुँदैन ।
–खानामा दैनिक सलादको प्रयोग गर्ने ।

Karishma Manandhar's Diamondप्रकाशन मिति–२०७३ साल माघ ४ गते मंगलवार ।