काठमाडौं। नेपाली कथानक चलचित्र जात्राको सिक्वेल चलचित्र जात्रै–जात्राको पहिलो गीत सार्वजनिक भएको छ। चलचित्र जात्रै–जात्राको पहिलो गीत माया पिरीमको गीत सार्वजनिक भएको हो।

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ। गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिएका छन्। माया पिरिम बोलको गीतमा चलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतको साथमा दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनिया पनि गीतमा देखिएका छन्।

कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन्।

प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।