Barak Obama with Bidenकाठमाडौ। अमेरिकी उपराष्ट्रपति जोय बिडेन राष्ट्रपति बाराक ओबामा जस्तो चर्चामा छैन्। ओबामाले दुई कार्यकाल पूरा गरेर यही जनवरी २० तारेखका दिनवाट अमेरिकाको राष्ट्रपतिवाट विदा हुने दिन आइसक्दा पनि त्यति चर्चामा नआएका उपराष्ट्रपति जाने बेलामा भने चर्चामा आएका छन्।

त्यो पनि अमेरिकाको उच्च सम्मान राष्ट्रपति बाराक ओबामाकै हातवाट प्राप्त गरेर हो। ओबामाले बिडेनलाई स्वतन्त्रता सम्मान प्रदान गरेका छन्। आश्चर्यजनक रुपमा नागरिकलाई प्रदान गरिदैआएको उक्त उच्च सम्मान ओबामाको हातवाट पाउंदा बिडेन निक्कै भावुक बने । आँखावाट आँशु नै झारेर रोए पनि !

उक्त सम्मान अमेरिकी जनता र मुलुकप्रतिको विश्वास एवम् जीवनभरको सेवा गरेवापतको कदरस्वरुप सम्मान पाउनु गर्वको कुरा भएको ओबामाले संवोधनमा भनिरहंदा बिडेन निक्कै भावुक बनेर रोएका थिए। नव–नियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारेखमा राष्ट्रपतिको पदभार सम्हालेपछि ओबामाका साथमा बिडेन पनि पदमुक्त बन्ने भएका छन्। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल पुस २९ गते शुक्रबार ।