Japan Earthquake_landslideकाठमाडौ। प्राय भूकम्प गैरहने देशमा जापान अग्रपंक्तीमा देखिने गरेको छ। यसैक्रममा विहीवार आएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पको लगतै शुक्रबार मध्यरातमा गएको ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पले २० जनाको ज्यान लिएको छ। ७ सयभन्दा बढीलाई घाइते बनाएको जापानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

भूकम्पको केन्द्रविन्दू भनिएको कुमामोतो शहरका कयौं भवनहरु भत्किएको छ। एक भवनभित्र करिब ७० जना पुरिएको हुनुपर्ने आशंका गरिएको छ। जापानमा गएको विहीवारको भूकम्पको तुलनामा शुक्रबार मध्यरातमा गएको भूकम्प ३० गुणा बढी भएको जापानी टेलिभिजनले भनेको छ।

जापानमा यसप्रकारका भूकम्पहरु गैरहने भएतापनि त्यहाँका प्राय भवनहरु भूकम्प प्रतिरोधात्मक संरचनाका हुने भएकोले जोखिम कम हुने गरेको छ। क्षतिपनि अन्य मुलुकमा भन्दा कम हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख ५ गते आइतवार ।