Vetran Actor & Writer Mr.Om Shanker Shrestha
Vetran Actor & Writer Mr.Om Shanker Shrestha

काठमाडौ। एकतर्फी त्यो प्रेम यक्ष प्रश्न पनि हो। यो प्रश्नभित्र धेरै रहस्य तथा कौतुहलता हुने गर्दछ। त्यही प्रश्नै प्रश्नको कौतुहलताले प्रेममा विद्रोह हुन सक्छ। सोझो मान्छेलाई त्यही प्रश्नै प्रश्नले विद्रोही बनाउन सक्छ भन्ने उदाहरण गहकिलो ऐतिहासिक चलचित्र जामनःगुभाजुमा यक्षकै विशेष भूमिकामा अभिनय गर्ने अभिनेता ओमशंकर श्रेष्ठ देखिएका छन्।

Om Shankar Shrestha 6ओमशंकर श्रेष्ठ चलचित्र जामनःगुभाजुको प्रतिव्दन्दी पात्रको रुपमा यक्ष नै बनेर उभिएका छन्। तन्त्रको माध्यमवाट संसार जित्ने जामनःगुभाजुलाई घुंडा टेकाउने यक्षको क्यारेक्टरमा जमेका अभिनेता श्रेष्ठको कलाकारितालाई चलचित्र जामनःगुभाजुका निर्देशक रवि सायमीले सही पहिचान गरेर उतारेका छन्। अर्कोतर्फ अभिनेता श्रेष्ठ जामनःगुभाजुको यक्ष पात्र जस्तै बास्तविक जीवनमा पनि यक्ष व्यक्तित्व नै हुन्।

Om Shankar Shrestha 2जसलाई कतिले नजिकवाट चिनेर पनि चिन्न सकेका छैनन्। अर्थात बुझेर पनि बुझ्न नसक्ने अमूर्त चित्र हो–ओमशंकर श्रेष्ठ। पढाईमा अत्यन्त मेघावी विद्यार्थी भएतापनि अन्तरमुखी स्वभावका कारण आइएससी अध्ययनरत बनेको बेला कसैलाई एकतर्फी प्रेम गरेका थिए। जुन प्रेम श्रेष्ठ आफूले आफ्नो बायाँ खुट्टाको सामान्य उचाईमा कमी भएको कारण अपाहिज महशुश गर्न पुगे।

Om Shankar Shrestha 7त्यही महशुशले एकतर्फी त्यो प्रेमलाई व्यक्त गर्न सकेन। जसको कारण त्यो प्रेम कसैको बन्यो। श्रेष्ठ भने आफ्नो अपाहिज खुट्टालाई दोष दिदै बस्नुको सट्टामा बदलामा खतरनाक तवरवाट साहित्य सिर्जना गर्नतिर लागे। साहित्यमा विद्रोही स्वभाव देखाउन थाले। धाराप्रवाह कविता, गजल अनि कथाको एकपछि अर्को सिर्जना गर्दैगए।

जीवनको चार दशक पारगरिसकेको अवस्थामा ६५ गीत त रेकर्ड गरिसकेका छन्। १५ कथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय पत्र–पत्रिकामा प्रकाशित भैसकेको छ। करिब ४ सय जति कविता लेखिसकेका छन्। संवन्ध नामक एक उपन्यास पनि तयार भैसकेको अवस्था रहेको छ। पेन्टिङ्ग जस्तै विदेशमा बस्ने नेपालीहरुलाई कविता बेच्ने पहिलो कविका रुपमा पनि श्रेष्ठ देखिएका छन्।

Om Shankar Shrestha 8 जिन्दगीलाई कहिले पप तथा कहिले रकमा पनि ढाल्न जानेका कवि एवम् साहित्यकार श्रेष्ठको सिर्जना नेपालीको अलावा अंग्रेजीमा पनि धेरै छन्। कवितामा बाँच्न जानेका र कवितालाई धेरै प्रेम गर्न जानेका कवि श्रेष्ठको प्रेम विवाह भने होइन्। मागी विवाह हो। त्यसमा श्रेष्ठको कुनै गुनासो छैन्। फूलजस्ता एक छोरा र छोरीका पिता श्रेष्ठ अझै कविताहरुमा सयौंसंग प्रेम गर्छन्।

कवितामा कयन रात रोएका छन्। रुदा–रुदै थाकेको त्यो जिन्दगीलाई विद्रोहमा उत्रेर कतिलाई भकुमार कुटेका पनि छन्। शायद त्यस विद्रोह तथा आक्रोशले नै श्रेष्ठलाई कवि तथा साहित्यकार बनाएको हुनुपर्दछ। आइएससी, बीए, बीएड र एमए सम्मको अध्ययन पूरा गरिसकेका श्रेष्ठ पेशाले शिक्षक तथा पत्रकार पनि हुन्।Om Shankar Shrestha 9३१ बर्षदेखि शिक्षण पेशा अपनाउंदै आएका छन्। विश्व निकेतन हाइस्कूलका अंग्रेजी विभागका प्रमुख तथा भाइस–प्रिन्सिपल हुन्। श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका अन्तरराष्ट्रिय समाचार सम्पादक पनि हुन्।
प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।