काठमाडौ। धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट कपिलबस्तुवाट काठमाडौ आउंदै गरेको जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन्।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज शनिवार बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उनका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता भएका छन्।

गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाले भनेको छ। प्रहरीका अनुसार,बेपत्ता भएकाहरुको खोजी भइरहेको छ।

प्रकाशन मिति–२०७४ साल माघ २७ गते शनिवार ।