काठमाडौ। धादिङको त्रिशुली नदीमा खसेको जिपमा सवार सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव सहित तीनजना बेपत्ता भैरहेकोमा मृत अवस्थामा गोताखोरले भेटाएको छ।

प्रहरीका अनुसार सचिव यादब कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैँले हाँकेको बा २ झ ३१४० नं को जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा सडकबाट त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा सचिव यादवको मृत्युभएकोमा आज शनिवार विहानै त्रिशुली नदीवाट शव विहानै निकालिएको थियो। दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै बेपत्ता रहेका छन्। उक्त जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया किशोरी उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले भनेका छन्।

टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो। सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए।


प्रकाशन मिति–२०७४ साल माघ २७ गते शनिवार ।