JISM posterकाठमाडौ। नेपाली चलचित्र उद्योगमा पोर्नस्टाइलको चलचित्र जिस्मको फस्टलुक सार्वजनिक भएको लगतै सोही टाइपको अर्को चलचित्र छेस्कोको पनि फस्टलुक सार्वजनिक भएको छ। दुवै चलचित्रको नायिकामा आफूलाई पोर्नस्टार भन्न रुचाउने अर्चना पनेरु रहेकी छन्।

लगभग दुवै चलचित्रमा नायिका पनेरु नांगिएकी छन्। पोर्न स्टाइलका फिल्म बनाउदै आएका चलचित्र निर्देशक राजु गिरीको चलचित्र जिस्मको फस्टलुकमा सुरेन्द्र बुढाको अंगालोमा पनेरु लगभग नग्न देखिएकी छन्। चलचित्र छेस्कोमा राजन कार्कीसंग देखिएकी उनै पनेरु झनै नांगिएकी छन्।

chheskoकम्मर भन्दा माथिको भाग पूर्णरुपमा नग्न बनेकी पनेरुले छेस्कोको फस्टलुकमा दुवै स्तन हातले छोपेकी छन्। सुरेश थापाको निर्देशन रहेको चलचित्र छेस्को जिस्मभन्दा अगाडि रिलिज हुने भएको छ। जिस्म असार ३१ गते रिलिज हुने भनिएको छ र छेस्को जेठ २१ गते रिलिज हुने भएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २० गते सोमवार ।