लघुकथा–
–जोहेब मानन्धर
सधैं अस्तब्यस्त अनि बिदेशको भागडौडको जीवनमा उसले आफ्नो लागि राम्रो सङ्ग समय निकाल्न पाएको थिएन। जीवन कोठा र ड्युटीमा नै सिमित थियो। हप्तामा आउने एकदिन बिदामा सोच्थ्यो–”अब आउने बिदामा आफ्नो लागि आफूलाइ मन पर्ने कुराहरु गर्छु !” तर त्यो बिदा पनि अरु बिदा जस्तो थाहा नपाइ नै जान्थ्यो।

आज फेरि बिदाको दिन,
उसले बिहान उठ्ने बितिकै मुख धुने बेला एक्कासी आफ्नो अनुहार राम्रोसंग हेर्यो अनि अचम्भित भएर हेरेको हेरै भयो ! ! अनि सोच्यो,
“ओहो ! साँच्ची कुनै बेला कुनै किताबमा पढेको जस्तै …जीवन त खुम्चने र फुक्ने प्रक्रिया नै पो रैछ त ! आखिर–यो जन्मेदेखि बिस्तारै फुक्दै जाने अनि एउटा उमेरको दोसाँधमा पुगिसके पछि फेरि बिस्तारै खुम्चिदै जाने ।”

नभन्दै, आज उसले आफ्नो अनुहारमा त्यही खुम्चने प्रक्रिया देख्यो र आफ्नो अतितमा बिलिन हुन पुग्यो। कति सपना यथावत नै रह्यो पूरा गरुला भनेर सोच्दा सोच्दै आखिरमा परिवार को बोझ थपियो । अनि सब सपना, इच्छा, चाहनाहरु थाँती राखेर बिदेशिन बाध्य पर्यो। घर परिवार सबसंग रमाइलोमा बिताउने रहर रहर नै रहयो।१० बर्ष भो बिदेशिएको पनि । … ३,४ बर्षमा एक महिनाको लागि घर गैन्थ्यो । सके जति सब सपना पूरा गर्ने जमर्को चल्थ्यो।बुबा,आमा, स्वास्नी, छोराको त्यो हाँसोले अझ जीवनमा केही गर्ने प्रेरणा चल्थ्यो । र फेरि छुट्टी सकेर फर्कने बेला नयाँ जोश जाँगरकासाथ अघि बढ्थ्यो जीवन।।

३ बर्षअघि बुबा बित्ने बेला म बुबासंग थिइन । सारै दु:ख लाग्छ । आज सम्झिन्दा बुबा फोनमा कुरा गर्दा सधैं भन्नुहुन्थ्यो–“बाबु, यो परदेश गएकोहरु बुवा– आमा बाँचुन्जेल आउँदैन। बुबा–आमा को अन्त पछि दागबत्ती दिन मात्र आउन्छ्न।” एकदम सही कुरा भन्नु भाको थियो बुबाले । मैले पनि त्यस्तै गरे।। बुबा बिरामी थियो भन्नू हुन्थ्यो तर, त्यही सानो तिनो सधै जस्तो होला भन्थाने । तर, मृत्यु कुन बेला कसरी कहाँ आउन्छ यो कस्ले नै बुझेको छ र ? खबर पाएर बिदा मिलाएर जाने बेलासम्म बुबा स्वर्गीय भैसक्नु भएको थियो।

अब आमा, स्वास्नी र छोराको जिम्मा सबै मेरो काँधमा छ। पहिले त घरमा बुढा मान्छे एउटा भए पनि थियो । अहिले झन पिर पहिले भन्दा दोब्बर छ।जति पिर, तनाब बढ्दै जान्छ त्यो झलक मानिसको मुहारमा पनि देखिन्छ भन्छ। आज उसले त्यो आफ्नो अनुहारमा छर्लङ्ग देख्यो।

बाँक्लो कपाल कता कता पातलिसकेको, अनुहार आँखाहरु मलिन सधै, लामो आरामको खोजी गरे जस्तो। जिन्दगीमा साँच्चै अब त केही बाकी नै नभए जस्तो भयो। सपना, इच्छा–चाहनाहरु सब नभेट्टिने गरि कोशौ पर आकाशमा उडिसकेको भान भयो उसलाई।

जीवनमा आफ्नो समय भनेको त त्यही बाल्यकाल देखि जवानीसम्म मात्र रैछ, त्यसपछि त ती समयमा पाएका खुशीहरुको पैचो तिर्दै जाने मात्र रैछ। रितिसकेको, उडिसकेको , चुहिसकेको, थाकिसकेको जीवन ! के अभिप्राय होला यो जीवनको ?? थोरै खुशी पाउन धेरै दुःख झेल्नु पर्ने, धेरै दिएर थोपा थोपा बटुल्न पर्ने ! जीवन को साराँश के रैछ त आखिर ? एउटा अनन्त हाँसो– खुशी भन्ने शायद संसारमा छैन होला।।आफ्नो लागि भन्दा आफ्नाको लागि बाँच्नुपर्ने कस्तो यो जीवन ?

यसरी नै एैना हेर्दै अनेकौ प्रश्न मनमा उब्जाउदै निराश थियो उ।।आफ्नो ढल्दै गैरहेको उमेर प्रति दुःखी थियो। जिन्दगीलाइ यत्रो समय दिइयो । तर, प्राप्ति कुनै कुराको भएन।। साँच्चिकै बेकार भो यो मेरो जिन्दगी हर्दम कुवा नजिकको प्यासी भो जिन्दगी।। यस्तै यस्तै।।।।। सोच्दै।। हतास निरास आँखाभरी आँसु लिएर भित्र कोठामा आए। थचच्कक मेचमा बसेर पानी पिएर फोन हातमा लिएर केही हेर्न खोज्दा घरबाट केही सन्देशको साथै दुर्इवटा तस्बिर पनि आको रैछ।

हतपत्त सन्देश पढ्ढ्दै ती तस्बिर हेर्दा उसको मलिन मुहारमा एकाएक खुशी छाउन थाल्यो।।झन झन निकै हर्षित ।। मानौ अघिसम्म उसले आफैसंग गरेका प्रश्न को जवाफ एकै हरफमा पाए जस्तो।। मानौ संसारको सारा खुशी एक्कासी उसको भाग्यमा आए जस्तो। अघि सम्म सबै भन्दा अभागी लागेको यो मन अब एकदम भाग्यमानी अनुभव हुन थाल्यो उसलाई ।।। मन मनै सोच्यो साँच्चै जीवनको परिभाषा यति सरल रहेछ। तर मैले कति कठिन बुझेको।

आज साने १६ बर्षमा लाग्यो । उसको जन्म दिन आज। “बिहान मन्दिर लगेर ल्याएको तस्बिर हेर्नू त कति लक्का जवान भएछ। तपाईं जस्तै छ–जवान बेला को।अब त तपाईंलाई साथ दिने भयो । यो पनि, तपाईंलाई हातेमालो गर्न सक्ने भो ,आशीर्वाद दिनुस छोरालाई ! “

र दुई वटा छोरा को तस्बिर ।
साँच्चिकै साने जवान हुन्दै रैछ । ६ बर्ष हुंदा छोडेर हिडेको त्यो छोरालार्इ । आज १६ को लक्का जवान भएछ। बल्ल जवाफ पायो उसले अघि आफैसंग गरिरहेको प्रश्न को।।। जिन्दगीमा आफ्नो उमेर ढल्किनुको मतलव आफ्नो सन्तान हुर्किनु पनि हो नि।। सन्तान हुर्कनु को खुशीको अगाडि आफ्नो उमेर ढल्किनु केही हैन रैछ।। बस, कतै बाट जीवन खुम्चन्छ त कतैबाट फुक्छ। जीवन यही प्रकृयाको नाम हो। कोही माली त कोही फूल। कहिले आफु फूल त कहिले आफु माली ।।।

फूल फूलाउने मालीलाई समय को परवाह हुदैन जब फूल फुल्छ । त्यो नै मालीको जीवनको ठूलो सफलता हुन्छ।। उसको खुशी फूल फुलाउनुमा हो।
आज उसलाई लाग्दैछ फेरि।। जिन्दगीमा जे गरियो–सहि समयमा गरिएछ।आखिरमा यो जिन्दगीमा हामीले जे गर्छौ–त्यो समय सधै सही नै हुदो रैछ। त्यसको परिणाम मात्र पछि आउंछ । समय गतिशिल छ।

यसले आफ्नो काम गरिरहन्छ र हामी ले पनि आफ्नो कर्म गरिरख्नु पर्ने रैछ। बस, रोकिन नहुने रैछ हामी रोकियौ भने पनि समय रोकिने छैन् । यो कुरा नै सबैले बुझ्नु पर्ने रैछ।आज निकै खुशी भयो ऊ ।। सायद बर्षौ देखिको मनमा उब्जेको प्रश्नको जवाफ पाएर होला। सायद जीवनको साराँश बुझेर पनि होला।।
प्रकाशन मिति–२०७७ साल असोज २ गते शुक्रवार ।