काठमाडौं। मनैदेखि सामाजिक सेवा कर्ममा अत्यन्त प्रभावशाली ढंगवाट क्रियाशील कमै व्यक्तित्वहरु मात्र पाइन्छन्। ती कम व्यक्तित्वहरु मध्येका एक महान समाजसेवी मणिश्री रत्न बज्राचार्य हुन। जसले अन्तरराष्ट्रिय सामाजिक संस्था १ सय ३ बर्षको इतिहास रचिसकेको लायन्स क्लबमा सानैदेखि आवद्ध बनेर मन, बचन तथा कर्मले समाजसेवा गर्दैआएको पनि ३० बर्ष पुग्न लागिसकेको छ।

यसअवधिमा नेपालका सुगमदेखि विकटस्थानसम्म पुगेर लायन्स अवधारणा अनुरुप मनैदेखि सेवा गर्ने कार्य लायन मणिश्री रत्न बज्राचार्यवाट भएको छ। यस कार्यमा परिवार तथा व्यवसायवाट बचेको समयमा जतिखेर पनि दत्तचित्त बनेर लाग्न कहिलेपनि अल्छी मान्ने काम लायन मणिश्री रत्न बज्राचार्यवाट भएको छैन्। सर्वे हिताय सुखाय अर्थात पञ्चशीलको सिद्धान्तवाट चलेको लायन्स क्लबको अवधारणावाट सानै उमेरवाट प्रेरित बनेर यसतर्फ लागेका हुन।

सन् १९९० सालमा लियो क्लब अफ बालाजुको प्रेसिडेन्ट बन्दै लायन्स क्लब अफ बालाजुको पच्चीसौं प्रेसिडेन्ट बन्दै लायन्स क्लब अफ इन्टरनेशनलको क्याविनेट सेक्रेटरीसम्म बने। त्यस्तैगरेर, जोन चेयरपर्सन रहंदै नेपालको लायनवादको इतिहासमा पहिलोपल्ट अन्तरराष्ट्रिय प्रेसिडेन्ट मेडल पनि लायन मणिश्री रत्न बज्राचार्यले पाइसकेका छन्।

निस्वार्थ भावको लायन्स क्लबको सेवामा आफूले सदा आत्मिक संतुष्टि पाउने गरेको भिजन संसार डटकमसंगको कुराकानीमा लायन मणिश्री रत्न बज्राचार्यले बताएका छन्। लुम्बिनी विश्वविद्यालयवाट बुद्धिज्ममा मास्टर्स गरिसकेका अत्यन्त शालिन तथा बौद्धिक व्यक्तित्व लायन मणिश्री रत्न बज्राचार्य जीवित देवी कुमारीको पूजारी पनि हुन।हस्तकलाको व्यवसायमा सक्रिय व्यक्तित्व लायन मणिश्री रत्न बज्राचार्य हस्तकलावाट नेपाल र नेपालीलाई विश्वमा चिनाउने अर्को अभियानमा पनि छन्।

यिनै महान व्यक्तित्व लायन मणिश्री रत्न बज्राचार्यसंग भएको भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल फागुन ११ गते आइतवार ।