काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ।

विजयरत्न शाक्य र सिर्जना शाक्यकी चार बर्षकी छोरी तृष्णा शाक्य नै नेपालकी पछिल्लो जीवित देवी कुमारी हुन्। सानो उमेर अनि थामी नसक्नु भीडमाझको पूजा र रथयात्राको क्रममा धेरै स्थानमा रोकिनुवाट सानी उमेरकी जीवित देवी श्रीकुमारी थाकिनु स्वभाविक हो।

थाकिएकी जीवित देवी श्रीकुमारीको रथयात्राको क्रममा निदाएको तस्बीर यतिखेर भाइरल बनिरहेको छ। कुमारी रथयात्राको क्रममा निदाएको बेला सोमवार फोटोपत्रकार सानुकाजी महर्जनले खिचेको फोटो भाइरल बनेको हो। जीवित देवीलाई पनि थकान महशुश हुन्छ नि शिर्षक राखिएको फोटोपत्रकार सानुकाजी महर्जनको यो तस्बीर टक अफ टाउन नै बनेको छ।

इन्द्रजात्राको माहोलमा रमेको काठमाडौंको इन्द्रजात्रामा जीवित देवी श्रीकुमारी चर्चा तथा आकर्षणको विषय हो। थौंने र कोने गरेर दुई दिन श्रीकुमारीको रथयात्रा भैसकेको छ। अव असोज १२ गतेको श्रीकुमारीको नानीचा रथयात्रा पश्चात यो बर्षको इन्द्रजात्रा समापन हुन गैरहेको छ।


प्रकाशन मिति–२०७५ साल असोज १० गते बुधवार ।