Sareeta Prajapatiकाठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर जुझारु गायिका सरिता प्रजापतिले यो बर्ष पनि तीजको गीत बजारमा ल्याएकी छन्। गायिका प्रजापतिको आफ्नै भाकामा मैले बारुले कम्मर मर्काउदा बोलको गीतलाई युट्युब मार्फत वल्र्डवाइड रिलिज पनि गरेकी छन्।

गायिका प्रजापतिको यो दोश्रो तीजको गीत हो। यसअघि गत बर्ष आइ लब यु भन्छु–काले माइन्ड नगर बोलको तीजको गीत ल्याएकी थिइन्। जुन अत्यन्त लोकप्रिय बनेको थियो। यो बर्ष गायिका प्रजापतिले बजारमा ल्याइएको मैले बारुले कम्मर मर्काउदा बोलको तीजे गीतले पनि लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

जसमा गायिका प्रजापतिले मोडल क्रिस्टिना थापासंग बेजोड ढंगले कम्मर मर्काएर गजबले नाचेकी छन्। जसको कोरियोग्राफी निर्देशन सन्तोष राजबाहकको रहेको छ। सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्माले गरेका छन्।


प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।