काठमाडौं। नेपाली समाज पनि व्यापक रुपमा परिवर्तन हुन थालेको छ। लुकेको समाज खुल्न थालेको छ। त्यो लुकेको समाजको भित्री कुरालाई म्युजिक भिडियोवाट खुलासा गर्ने कार्य भएको छ।

समलिङ्गी संवन्ध भएको यथार्थता वोकेको गीत जुनेली रातको भिडियो सार्वजनिक भएको छ। दुई महिला बिचको प्रेमको बिषयलाई यस गीतको भिडियोमा गरमागर्मी रुपमा प्रस्तुत गरिएको छ। लामो समयदेखि अस्ट्रेलिया बस्दै आएकी गायिका एवम् हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाइ फिचर्ड गरिएको भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई पर्दाफासको रुपमा देखाइएको छ।

गोविन्दप्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर, अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ। ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टको छायांकन छ।

प्रकाशन मिति–२०७६ साल फागुन २९ गते विहीवार ।