–निशान बुढाथोकी
काठमाडौं। मायालु व्यवहार तथा हँसिलो मुहारकी धनी जुनु चक्रधर नाम मात्र होइन यो ब्राण्ड हो । जिन्दगीमा धेरै आरोह अवरोह धेरै नआएका होइनन् । तर ती आरोह तथा अवरोह र चुनौतीलाई आत्मसाथ गरी अघि बढ्नु नै आफ्नो सफलता भएको जुन चक्रधरको भनाई छ।

सधै सकारात्मक सोच राखेर अघि बढेमा सफलता नजिक रहेको बताउने जुनु चक्रधर त्यसो त आफ्नो हरेक सफलतामा आफ्नो जीवन साथी कृशप त्वानाबासुको पनि त्यत्तिकै हात रहेको खुलासा गर्छिन्। आफ्नोे खुट्टामा आफै उभिनुपर्छ र जीवनमा केही गर्नुपर्छ भन्ने सोच राख्ने जुनु चक्रधर कुनैबेला अंग्रजी विषयकी शिक्षिका थिइन्।

आज नेपालकी टप ब्यूटी एकाडेमी काठमाडौंको कलंकी, ललितपुरको कुपण्डोल लगायतका स्थानमा रहेको जुम व्युटी एकाडेमीको फाउन्डर तथा निर्देशक रहेकी छन्। एक मिनेट पनि त्यसै खाली हात नबसौं भन्ने मान्यताकी जुनु चक्रधर एकातिर पढाई, अर्कोतिर जव साथमा ब्युटीसियनको तालिम पनि।

आफ्नो दिदीको व्युटीपार्लरवाट काम व्युटीसियनको करिअर शुरु गरेकी चक्रधरको संघर्षको कुरा गर्दा अहिले कथा जस्तो लाग्न सक्छ भनेर चक्रधर आफैले भनेकी छन्। आफूमा अभिभावकत्व व्यवहार रहेकोले सधै आफ्नो घरमा आफू अभिभावक नै बनेर जिम्मेवारी वहन गर्दैआएको वताउने आफू यो पेशामा लागेपछि कहिले पनि पछाडि फर्केर हेर्न नपरेको दावी नै गर्छिन्।

वास्वतमा जुम ब्युटीपार्लर कसरी नामाकरण भयो त ? आफ्नै दिदीको पार्लर चलाउँदा चलाउँदा यस्तो खालको सोच आयो कि हामीले ब्यूटी सम्बन्धि सुक्ष्म देखि विशाल रुप त देखेकै रैनछौं। आत्मविश्वास बढाउन सक्नुपर्छ प्रत्येक ब्युटीसियनले। कुनै ब्राइडल मेकअप होस् या हेयर कट वा फेसियल नै किन नहोस् । वर्गिकरण गरेर त्यसको सुक्ष्म रुप हेर्न जरुरी छ।

त्यसकारण अर्थपूर्ण तरिकाले नामकरण भएको बताउंछिन्। भक्तपुरको नयाँ ठिमीमा सन् २००२ शुरुवात गरिएको जुम ब्यूटी एकाडेमी काठमाडौं उपत्यकाको विभिन्न ७ वटा ठाउँमा रहेका छन् । ५० जना कर्मचारी तथा २ हजारभन्दा बिद्यार्थी रहेको यस ब्यूटी एकाडेमी काठमाडौं उपतयकामा मात्र नभई उपत्यका बाहिर पनि खोल्ने र अन्तरराष्ट्रियस्तरसम्म जाने योजना रहेको गर्बका साथ भन्छिन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असोज ३ गते आइतवार ।