ललितपुर । नेपालको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही बैशाख ३० गते आइतवार हुने भएको छ। त्यसको तयारीका लागि लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा गरेर विहीवार जाउलाखेल पुर्याएको छ।

त्यसक्रममा पाटनकी जीवित देवी कुमारीले कुमारीपाटीमा रथयात्राको अवलोकन गरेकी थिइन्। झन्डै दुई महिनासम्म चल्ने यो जात्रा योपटक भने जेठ महिनामा यो बर्ष मलमास परेकाले छोटाइएको छ।

जसलेगर्दा यही वैशाख ३० गते जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइ भोटोजात्रा मनाइएपछि यो वर्षको मच्छिन्द्रनाथको रथयात्रा पनि सम्पन्न हुनेछ।
प्रकाशन मिति–२०७५ साल बैशाख २७ गते विहीवार ।