काठमाडौं। देशकै जेठो महानगरपालिका काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा नेपाल सरकारका सचिव केदार न्यौपानेको पदबहाली भएको छ। गत सोमवार पदवहाली भएका सचिव न्यौपाने यतिखेर काठमाडौं महानगरका विभिन्न विभागमा साक्षात्कार तथा भेटघाट गर्नमा व्यस्त बनेका छन्।

महानगरका कर्मचारीहरु वीच सदभाव तथा भाइचारा अभिबृद्धि गर्ने क्रममा रहेका सचिव न्यौपाने मंगलवार काठमाडौं महानगरको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील विभाग बाताबरण विभाग पुगेका छन्। काठमाडौं महानगरलाई स्वस्थ र सफा गर्ने प्रमुख जिम्मेवारी वोकेको बाताबरण विभागमा त्यहाँ कार्यरत सवै कर्मचारीहरुलाई हौसला वढाउने कार्य सचिव न्यौपानेवाट भएको छ। आफूले निर्देशन दिन नआएको र एक आपसमा मिलेर सदभाव तथा भाइचारा बढाएर काठमाडौं महानगरलाई स्वस्थ र सफा बनाउन आएको सचिव न्यौपानेले बताए।

काठमाडौं महानगरपालिका बाताबरण विभागका विभागिय प्रमुख हरिकुमार श्रेष्ठले सचिव न्यौपानेलाई विभागका सवै कर्मचारीको तर्फवाट स्वागत गरेका थिए। विभागिय प्रमुख श्रेष्ठले सचिव न्यौपानेलाई विभागको सवै बिफ्रिङ गर्ने कार्य गरेका थिए। यसअघि सचिव न्यौपाने १ नंबर प्रदेशको प्रमुख सचिव रहेर कार्यरत थिए। मन्त्री परिषद्को बैशाख २ गतेको निर्णयले न्यौपाने महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका हुन्। महानगरमा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेका यादव प्रसाद कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा नै सरुवा भएर गएका छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख २५ गते बुधवार ।