काठमाडौं। नेपालमा जेठ महिनामा महाभूकम्प आउँछ भन्दै सर्वसाधारण नेपालीमा आतंक फैलाउने ज्योतिषीलाई प्रहरीको फन्दामा परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई काठमाडौंको पशुपतिनाथ परिसर गौशालावाट नियन्त्रणमा लिएको हो।

क्षेत्रीले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाउदै आएका थिए। कतिपयले क्षेत्रीको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन्। उनीमाथि प्रहरीले कारबाही अघि बढाइएको छ।
प्रकाशन मिति–२०७६ साल जेठ २१ गते मंगलवार ।