काठमाडौं। नेपालवाट कोरोना महामारीको कारण देखाएर अन्तरराष्ट्रिय उडान बन्द गरिरहेकोमा अव चार मुलुकमा उडान खुला गरेको छ। नेपाल सरकारले यही जेठ १८ गते अर्थात जुन १ तारिखदेखि चार मुलुकमा अन्तरराष्ट्रिय उडान खुला गरेको हो।

दुई छिमेकी समुलुक भारत र चीनसहित कतार र टर्कीमा अब सेड्युल उडान हुनेछन् । यसमध्ये अहिले भारतमा भने साताको दुई उडान भइरहेको छ। चीन, कतार र टर्कीमा भने जेठ १८ गतेबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरेपछि मन्त्रालयले चार मुलुकमा अन्तरराष्ट्रिय उडान खुला गरेको भनिएको छ। यी गन्तब्यमा आते–जाते गर्नेहरुको हकमा पीसीआर नेगेटिभ भएको रिर्पोट भने हुनुपर्नेछ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन्। अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक महिनादेखि नेपालमा आन्तरिक तथा बाहृय दुबै हवाई उडान बन्द छ। तर, चार्टर्ड उडान भने भइरहेका छन्।

अन्तरराष्ट्रिय उडान खुला भएवाट युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर फर्कन अब टर्कीको इस्तानबुल ट्रान्जिट सहज गन्तब्य बन्ने भएको छ। इस्तानबुलको मार्ग हुंदै अमेरिका तथा युरोप फर्कन सहज हुने निश्चित भएको छ।


प्रकाशन मिति–२०७८ साल जेठ १४ गते शुक्रवार ।