काठमाडौं। जेनिता सिंह कठिनतामा सफलता देख्ने साहसी नारी हुन। कठिनतामा सफलता देख्ने उडानका साहसी नारीको रुपमा जेनिता सिंहलाई चिनिने गरेको छ। नेपालको ध्वंजावाहक नेपाल एअरलाइन्समा दुई बर्ष लामो एअरहोस्टेजको सेवा पुर्याइसकेकी जेनिता सहजतामा भन्दा कठिनतामा बेग्लै मज्जा हुने गरेको खुलासा गर्छिन्।

एअरहोस्टेजको पेशा भनेकै आँट, साहस र धैर्यको पेशा भएको कारण यो चुनौतिको पेशा पनि भएको जिकिर गर्ने जेनिताको एअरहोस्टेज करियरको पहिलो उडान नै इन्टरनेशनल उडान परेको थियो। काठमाडौंवाट हङकङसम्मको चार घण्टा लामो पहिलो उडानमा थुप्रै कोतुहलता, डर अनि रोमाञ्चकता सवै मिश्रण भएको अनुभव सुनाउने जेनिता एअरहोस्टेज पेशामा आँट, धैर्य र साहस हुनैपर्ने खुलासा गर्छिन्।

जतिसुकै कठिनाइमा पनि मुस्कान सहित यात्रीहरुमा आशा र भरोसाको सेवा दिनुपर्ने आवश्यक रहेको पनि बताउने जेनिताको एअरहोस्टेजको जागिरे अवधिमा बढी रोमाञ्चकता भने, इन्टरनेशनल भन्दा डोमेस्टिक उडान नै भयो। काठमाडौं लुक्लाको कठिन उडान नै जेनिताको लागि थुप्रै कौतुहलता र साहस भयो। विश्वकै उच्चशिखर सगरमाथा माथिवाट उडानभर्दै सगरमाथाकै काखमा ल्याण्ड हुनु निक्कै कौतुहलता अनि रोमाञ्चकता हो भनेर त्यो रमाइलो पललाई बर्णन गर्नै कठिन भएको पछि सुनाउंछिन्।

दुई बर्ष लामो साहसिक एअरहोस्टेजको पेशा छाडेर यतिखेर हाउस होस्टेज बनिरहेकी उनी निकट भविष्यमा श्रीमान भुषण महर्जनको बिजनेशमा उडान भर्ने तयारीमा रहेकी छन्। श्रीमानको इन्टरनेशनल र डोमेस्टिक विजनेशमा नै रमाउने तयारीमा रहेको पनि उनले भनेकी छन्। उनै पूर्व एअरहोस्टेज जेनिता सिंहसंग अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर भिजन संसार डटकमले लिएको भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल फागुन २५ गते आइतवार ।