Shyam Sundar Gupta

काठमाडौ। अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा जेल सजाय भोगिसकेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पनि पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले पूर्वमन्त्री गुप्तालाई ललितपुरको ताल्छीखेलवाट सोमवार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्वर अधिकारीका अनुसार ललितपुरका एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको र नदिएमा अपहरण गर्ने धम्की दिएको कारण गुप्तालाई पक्राउ गरेको हो।

गुप्तालाई धम्की तथा शरीर बन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानको लागि चार दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ।

वि.सं.२०६८ सालमा व्यावसायी पवन संघाइलाई डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष कारागार बसेका थिए। गुप्ताले सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि अपहरण मुक्त गरेको आरोप लागेको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ २० गते सोमवार ।