jestha-nagarik-9काठमाडौ। बृद्धावस्थामा पुगेका ज्येष्ठ नागरिकहरुको समस्या भनेको नै प्रायको एक्लोपना देखिएको छ। कतिपयको परिवार भएर पनि छोरा–छोरी, बुहारी तथा नातिनातिना आ–आफ्नै कार्यमा व्यस्त बन्ने तथा उनीहरुसंग विहान र बेलुका मात्र भेटिने भएवाट दिउंसोको समयमा ती बृद्ध तथा बृद्धाहरुलाई एक्लोपनाले निक्कै सताउने गरेको छ।

jestha-nagarik-5

यस कुरालाई मध्यनजर गरेर काठमाडौको जैसीदेवलको खुल्ला डबलीमा त्यस्ता बृद्ध–बृद्धाहरुको भेटघाट तथा जमघट गराउने कार्यको नयाँ कार्य जैसीदेवलकै स्थानिय शीला सायमीको नेतृत्ववाट एक बर्षयता भएको छ। विहान र बेलुका आ–आफ्नै घर–परिवारमा फर्कने ती बृद्ध–बृद्धाहरु दिउंसो २ घण्टा १२ बजेदेखि २ बजेसम्म जैसीदेवलको कोहिटी स्थित खुल्ला डबलीमा भेला हुने गर्छन्। उनीहरु एक अर्कामा भलाकुसारी गर्छन्। दुःख–सुख दुवै बाँड्छन्। मनको बह पनि पोख्छन्।

Sheela Sayami-Old Ager's meet the progm co-ordinator. Good Social worker.
Sheela Sayami-Old Ager’s meet the progm co-ordinator. Good Social worker.

शीला सायमीले व्यवस्था गरिदिएको चिया–खाजा खाएर फर्कने गर्छन्। हरेक दिनजसो यस कार्यका सामाजिक अभियन्ता शीला सायमीले जीवनपयोगी कुरा गर्ने र त्यसलाई व्यवहारमा परिणत गर्ने तौर–तरीका सिकाउने कार्य पनि गर्ने गरेकी छन्। अर्की सामाजिक अभियन्ता चन्द्रतारा मानन्धर पनि समयले भ्याएसम्म आएर ती बृद्ध–बृद्धाहरुलाई धार्मिक तथा मार्मिक कथा सुनाइदिने कार्य गर्ने गर्छिन्। यसवाट पनि ती बृद्ध–बृद्धाहरुमा एक प्रकारको नयाँ आशा र विश्वास जागेको पाइएको अर्का सामाजिक अभियन्ता र यस कार्यको प्रेरक व्यक्तित्व निर्मल बज्राचार्यले बताएकाछन्।

jestha-nagarik-3

४ जना बृद्धाहरुवाट प्रारम्भ गरिएको २ घण्टा जमघट हुने तथा घाम ताप्ने कार्यमा दैनिक जसो हाल ६० जना बृद्धबृद्धाहरु नियमित आउने गरेका छन्। उनीहरुको दैनिक हाजिरी लिने कार्य पनि हुने गरेको छ। उनीहरुमा आउने गरेको सानोतिनो समस्याको समाधान सोही भेला तथा भेटघाटवाट गर्ने गरेको जानकारी पनि यस कार्यकी नेतृ शीला सायमीले दिएकी छन्। हालसम्म सायमीकै खर्चबर्चमा यस कार्यको एक बर्षदेखि निरन्तरता पाइरहेको छ।

jestha-nagarik-1

यस वीचमा कतिपय समाज–सेवीहरु आएर चिया–खाजा खुवाउने तथा पिकनिक लानेहरु पनि छन्। काठमाडौको टोखा स्थित सपनतीर्थमा पिकनिक जाँदा ती बृद्धाहरुले बचपनको यादलाई ताजा बनाएर घ्वाँइकासा, यकंधाला कासा (गिट्टीखेल) पनि खेलेर रमाइएको त्यो पललाई आफूले अझै संझ्ने गरेको सामाजिक अभियन्ता निर्मल बज्राचार्यले भनेका छन्। यो अभियानमा सरिक बनेका बृद्धबृद्धाहरु अधिकाँसको खानामा पहिला भन्दा रुचि बढ्ेको र दुखाई तथा पीडा कम भएको छ। उनीहरु अझ जीवन प्रति अझ उत्साहित बनेको पाइएको बज्राचार्यको जिकिर रहेको छ।

jestha-nagarik-8

६० बर्ष देखि ९६ बर्षसम्मका बृद्धबृद्धाहरु नियमित रुपमा यस अभियानमा आउने गरेका छन्। खुल्ला डबली भएकोले पानी परेको बेला र घाम नलागेको दिनमा निक्कै गाह्रो हुने उनीहरुको भनाई रहेको छ। यसले गर्दा यस कार्यको नेतृत्वकर्ता शीला सायमीलाई हरेक दिनजसो यो कुरा टाउको दुखाईको विषय बनेको छ।

jestha-nagarik-7

कोही दाताले खुल्ला स्थानमा ती ज्येष्ठ नागरिकका लागि टहरा मात्र बनाइदिने कार्य मात्र भएमा पनि ठूलो धर्म लाग्ने सायमीले भनेकी छन्। संस्थागत रुपमा न्हापाँगु पला नामक संस्था मार्फत यस कार्यलाई अगाडि बढाउने कार्यको सोच बनाएतापनि संस्थाको पर्याप्त पूर्वाधार र लगनशील बनेर लाग्ने सहयोगीहरुको अभावले संस्थाको दर्ता गर्न नसकेकोमा शीला सायमीलाई प्रशासनिक तथा प्राविधिक समस्या रहेको छ।

चाँडै नै व्यक्तिगत रुपमा प्रारम्भ गरिएको यसप्रकारको ज्येष्ठ नागरिक क्लबलाई संस्थागत गर्नको लागि संस्था दर्ता गरेर अझ व्यवस्थित रुपमा कार्य गर्ने प्रतिवद्धता सायमीले व्यक्त गरेकी छन्।

jestha-nagarik-10प्रकाशन मिति–२०७३ साल कात्तिक २१ गते आइतवार । नेपाल संवत ११३७ कछला खस्थि ।