–निशान बुढाथोकी

काठमाडौं। सामुदायिक सरकारी स्कुलमा अब्बल स्कुल काठमाडौं महानगरपालिका वडा नंबर १३ पुरानो कालिमाटी बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विशेष सम्मान कार्यक्रम भएको छ। गुरु पूर्णिमाको पावन अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान)ले शिक्षकहरुलाई विद्यालय सभा हलमा विशेष सम्मान गरेको हो।

विद्यालयको भौतिक र शैक्षिक उन्नतिमा विशेष योगदान दिएवापत विद्यालयका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा अधिकारीका साथै शिक्षकहरु डिल्लीराम रिमाल, महेश्वर प्रसाद यादव, ज्वाला नेपाली, गुलशन प्रधान, ईश्वरी भट्टराई, रोहिणी मल्ल, सुजन कुवर, कुलदिप बुढाथोकी, श्याम कुमार गुरुद्र, विद्यादेवी गुरुङ्ग, सुष्मा शर्मा, रामबाबु खड्का, नारायण प्रसाद सापकोटा, स.प्र.अ. विष्णु रिमाललाई सम्मान गरिएको थियो।

 

सम्मान कार्यक्रममा ज्ञानका पूर्व अध्यक्ष साधुराम गौतम, विशेष अतिथि धनन्जय शर्मा अधिकारी, विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनल लगायतले विद्यालयको साख उच्च वनाउने कार्य गर्ने सम्मानि व्यक्ति तथा आयोजक ज्ञानको दिल खोलेर तारिफ गरेका थिए। विशेष सम्मान कार्यक्रममा नै भानु जयन्ती व्यास जयन्तीको उपलक्ष्यमा विद्यालयमा कविता वाचन प्रतियोगिता समेत ज्ञानद्वारा आयोजना गरिएको थियो।

उक्त प्रतियोगितामा आयुषा आचार्य, अस्मिता विश्वकर्मा, आकृति अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेको थिए भने सान्त्वना पुरस्कार रक्षा तिवारीले प्राप्त गरेकी थिइन् । कार्यक्रमको सभापति आयोजक ज्ञानका अध्यक्ष रूपचन्द्र पन्तले आफ्नो प्रतिकूल स्वास्थ्यका बापजुत पनि कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्ण शिक्षकहरु प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

ज्ञानका सचिव राम महर्जनले कार्यक्रम संचालन गरेका थिएभने, स्वागत मन्तव्य उपाध्यक्ष निरु महर्जनले राखेकी थिइन्। कार्यक्रममा ज्ञानका पूर्व अध्यक्ष तथा संरक्षकका साथै विद्यालय व्यवस्थापन समितिका सदस्य साधुराम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्व विद्यार्थी रामेश्वर प्रसाद गौतम, सरिता महर्जन, शिक्षक अभिभावक संघका अध्यक्ष सागरराज कुँवर, पूर्व प्रश्चानाध्यापक तथा ज्ञानका सल्लाहकार धनज्जय शर्मा अधिकारीको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७९ साल असार ३२ गते शनिवार ।