Gyanendra Shah Nagarjun-Darbarकाठमाडौ। नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्रको नागार्जुन दरवारको विद्युत लाइन काटिदिएको छ। समाचार स्रोतका अनुसार नागार्जुन दरबारले ७१ लाख रकम विद्युत बक्यौता हालसम्म नतिरेको कारणले विद्युत लाइन काटिएको हो।

नेपाल सरकारको स्वामित्व रहेको नागार्जुन दरवार नेपालमा गणतन्त्र घोषणा भएपछि नेपाल सरकारले नै पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलव्ध गराएको थियो। नागार्जुन दरवारको बक्यौता रकम संस्कृति मन्त्रालयले तिर्नुपर्ने भएतापनि मन्त्रालयले तिर्न अटेर गर्दैआएको कारण प्राधिकरणले लाइन काटिदिएको हो।

यसले गर्दा आजवाट ज्ञानेन्द्र शाहको नागार्जुन दरवारमा अध्यारो हुने भएको छ। यसअघि प्राधिकरणले पूर्वबडामहारानी रत्न शाह बस्दै आएको नारायणहिटी स्थित महेन्द्र मञ्जिलको लाइन पनि यसरी नै काटेको थियो। काटेको २४ घण्टा नवित्दै पछि लाइन जोडिदिएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।