Mr.Gyanendra Mohan Shrestha

काठमाडौ। आसन्न मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालको विजय भएमा क्यान्सर तथा किडनी रोगीहरुलाई प्रतिमहिना नगद १ लाख दिने घोषणा भएको छ।

क्यान्सर तथा किडनी फेल जस्तो घातक रोगका कारण धेरै नेपालीहरु अकालमा मृत्यु भैरहेको तथा उनीहरुको उपचारको लागि कुनै पनि सरकारले पहल नगरेको कारण आफूहरुले गर्ने प्रमुख लक्ष्य राखेको जिकिर तथा दावी संघीय समाजवादी फोरम नेपालले गरेको छ।

संघीय समाजवादी फोरम नेपालवाट काठमाडौ क्षेत्र नंबर ७ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चर्चित उम्मेदवार ज्ञानेन्द्र मोहन श्रेष्ठले खुलेरै उक्त जिकिर तथा दावी मात्र नभइकन बाचा नै गरेका छन्। उम्मेदवार श्रेष्ठ आफूले जितेको खण्डमा क्यान्सर तथा किडनी फेलर रोगका रोगीलाई नगद १ लाख रकम प्रति महिना सहयोग गर्ने कसम नै खाएका छन्।

हालसम्म काठमाडौमा विभिन्न पार्टी विशेषवाट उम्मेदवारहरुले नगरेको घोषणा तथा कसम खाएर ज्ञानेन्द्र मोहन श्रेष्ठले एक से एक पार्टीका उम्मेदवार तथा नेताहरुलाई प्रतिनिधिसभाको चुनावमा च्यालेन्ज नै दिएका छन्। कुरा भन्दा काम गरेर देखाउने प्रतिबद्धता अनुरुप यसप्रकारको योजना आफूले ल्याएको र जितेको खण्डमा पूरा गरेरै छाड्ने कसम पनि खाएका छन्।

क्यान्सर तथा किडनी फेलर जस्ता घातक रोगहरुको निःशुल्क उपचार गराउने प्रतिबद्धता समेत दोहोर्याएका उम्मेदवार श्रेष्ठले काठमाडौमा देखिएको जग्गा विवाद तथा भू–माफियाको अन्त गरेर स्वस्थ समाज निर्माण गर्ने योजना सहित आफू आएको बताएका छन्। संघीय समाजवादी फोरम नेपाल काठमाडौ क्षेत्र नंबर ७ निर्वाचन प्रचार–प्रसार कमिटीले काठमाडौको ढल्को शोभाभगवती लिंकरोड स्थित नेपा ब्याङक्वीटमा बुधवार आयोजित कार्यक्रममा उक्त कुरा श्रेष्ठले राखेका हुन्।

Photo By-Sharan Buddhaa

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष तथा समानुपातिक उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले जातिय मुक्तिका लागि संघीयता र बर्गिय मुक्तिका लागि समाजवादको नारा सहित हिमाल, पहाड तथा तराई सवै अट्ेको एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको बताएका छन्। सह–अध्यक्ष श्रेष्ठले नयाँ नेतृत्व नयाँ विचार तथा समान अधिकार बोकेको सवै जात–जातिको एक मात्र पार्टी संघीय समाजवादी फोरम नेपाल भएको दावी गरेका छन्।

कार्यक्रममा क्षेत्र नंबर ७ (क) प्रदेशसभाका उम्मेदवार श्यामकृष्ण प्रजापतिले नेपालमा कर तिर्न पनि घुस दिनुपर्ने भ्रष्ट तन्त्रको अन्त गर्ने तथा सडक विस्तारका कारण काठमाडौका जनताले पाउंदै आएको दुःख निवारण गर्ने र उनीहरुलाई राहत दिने आफूहरुको मूल मुद्दा भएको बताए। प्रदेशसभाका समानुपातिक उम्मेदवार शेषनारायण महर्जनले काठमाडौवाट विगत पाँच बर्षदेखि हराउंदै गरेका छोरीमैया महर्जन जस्ताको खोजी र उनको परिवारलाई न्याय दिन सरकार असफल भएको खुलासा गर्दै त्यस्ता पीडितहरुको लागि आफूहरु डटेर लाग्ने बताएका छन्।

काठमाडौमा बाद्य गुरुका रुपमा चिनिएका महर्जनले अलौकिक नेपाली लोक बाजालाई काठमाडौमा मात्र सिमित नराखिकन काठमाडौ बाहिर पनि गएर आफूले सिकाएको खुलासा गरेका छन्। र यस्ता अलौकिक बाजा तथा कला–कौशलको संरक्षणमा आफू लाग्ने प्रतिबद्धता पनि महर्जनले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर १३ गते बुधवार ।