Gyanendra with Baburamकाठमाडौ। नेपालमा सत्ता परिवर्तनको खेल चलिरहेको बेलामा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको आकस्मिक भारत भ्रमण पश्चात पूर्वराजा ज्ञानेन्द्र शाहको पनि भ्रमण भएको छ।

ज्ञानेन्द्र शाहले एकदिने भारत भ्रमण सकाएर नेपाल फर्केको लगतै नेपाली राजनीतिमा तहल्का नै भएको छ। ज्ञानेन्द्र शाहको भारत भ्रमणलाई सत्ताधारी नेकपा एमाओवादी स्थायी समितिले गंभीरताको रुपमा नै लिएको छ। ज्ञानेन्द्रले चलखेल खोज्नुमा केपी शर्मा ओली नेतृत्वको सरकारको कमजोरीको रुपमा एमाओवादीले लिएको छ। यसमा सरकार असफल भैसकेको निश्कर्ष पनि निकालेको छ।

उताभने एकदिने भारत भ्रमणको लगतै नेपाल फर्केका ज्ञानेन्द्र शाहले एमाओवादीवाट निस्केर नयाँ शक्ति स्थापना गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई शनिवार गोप्य बार्ता गरेको कुरा प्रकाशमा आएपछि अझ नेपाली राजनीतिले तरलता पाएको छ। ज्ञानेन्द्र र बाबुराम वीचको एकघण्टा लामो बार्तामा हिन्दूराष्ट्र र राजतन्त्र फर्काउने विषयमा नै बढी कुरा भएको समाचार स्रोतको भनाई रहेको छ।

ज्ञानेन्द्र र बाबुरामको लाइन विगत देखि बर्तमानसम्म मिलेकोले दुवै मिलेर जाने लक्ष्यका साथ ज्ञानेन्द्रले कुरा राखेको बुझिएको छ। बाबुरामले पनि ज्ञानेन्द्रलाई सघाउने संकेत दिएको बताइएको छ। यद्यपि, ज्ञानेन्द्र र बाबुराम वीच भएका सवै भेटवार्ता हाललाई गोप्य नै राखिएको छ।

ज्ञानेन्द्र शाह आफ्नो लाइन मिल्ने नेताहरुसंग जसरी पनि समझदारी गरेर हिन्दूराष्ट्रको राजनीति गरेर राजतन्त्र फर्काउने कसरतमा रहेका छन्। आफू राजा नबनेपनि नाति हृदेन्द्रलाई सेरोमोनियल किङ्ग बनाउने लक्ष्यमा शाह रहेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।