–निशान बुढाथोकी
काठमाडौं। जुलाइ २८ २०२१ विश्व हेपाटाइटिस दिवस हो। यस दिवसको अवसर पारेर काठमाडौंको बाफल स्थित ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान)ले हेपाटाइटिस विरुद्धको पहिलो खोप लगाइदिने कार्य भएको छ।

ज्ञानोदय माध्यामिक विद्यालय, पुरानो कालिमाटी, बाफलमा अध्यनरत १३५ जना बिद्यार्थीहरुमा हेपाटाइटिस विरुद्ध पहिलो खोप लगाइदिने कार्य भएको हो। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनको प्रमुख आतिथ्यतामा हेपाटाइटिस विरुद्धको खोप लगाइदिने कार्य भएको हो।

हेपाटाइटिस रोगबाट सुरक्षित रहन पहिलो खोप लगाएको एक महिना पछि दोस्रो खोप तथा त्यसको ५ महिना पश्च्यात तेस्रो अथवा अन्तिम खोप लगाउनु पर्छ । यस खोप कार्यक्रमलाइ मार्क इन्टरनेसनल किड्नी सेन्टर, लाइन्स क्लब अफ काठमाडौ करपरेट नेपाल, नेपालिज सोसाइटी अफ डक्टर्ज फ्रम बङलादेशको सहयोग रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।