https://www.youtube.com/watch?v=Xr4XwPHbhT4&t=31s

काठमाडौं। चिसो याममा ज्यानलाई स्फूर्ति दिन तथा शरीरलाई ताजगी दिनका लागि खेलकुदले निक्कै राम्रो भूमिका निर्वाह गर्ने गर्दछ । अझ यो पुस–माघ महिनाको चर्को चिसो याममा ज्यानलाई स्फूर्ति तथा शरीरलाई ताजगी दिने कार्य ब्याटमिन्टन खेलवाट हुने गरेको छ। शारीरिक कसरतको लागि सरल खेलका रुपमा लिइने गरेको ब्याटमिन्टन खेल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल पनि हो।

यो खेलको विकास टोल तथा समाजवाट व्यापक रुपमा भैरहेको छ । शारीरिक अभ्यासका लागि पनि अत्यन्त लाभदायिक यो खेल कोटेश्वर नरेफाँटमा संस्थागत रुपमा नै विकास भैसकेको जानकारी ब्याटमिन्टन खेलका स्टार नै मानिएका रामकुमार श्रेष्ठले वताएका छन्। यो खेलको विकासका लागि नरेफाँटमा व्याटमिन्टन खेलको कोर्टको नै निर्माण भएको र यो कोर्टमा आएर यो खेल खेल्नेहरुको आकर्षणमा बृद्धि हुदैगरेको जानकारी पनि श्रेष्ठले दिएका छन्।

टोल तथा समाजमा स्वतस्फूर्त रुपमा शारीरिक अभ्यास तथा कसरतका लागि विकास भएको ब्याटमिन्टन खेलले धेरै नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई जन्माउने कार्य पनि भएको छ। जुन खुशीको कुरा हो ।

https://www.youtube.com/watch?v=Xr4XwPHbhT4&t=31s

(कोटेश्वरका सुनकुमार अवालको सहयोगमा ।)
प्रकाशन मिति–२०७८ साल पुस १२ गते सोमवार ।