काठमाडौ। मुसुक्कै हांसेपछि ज्यानै लुटाइदिने गायकको रुपमा यो बर्ष अत्यन्त ख्याति कमाएका गायक भीमसेन टी लामाको नयाँ गीत सार्वजनिक भएको छ। चर्चाको शिखरमा रहेको मुसुक्कै हांसिदिदा ज्यानै लुट्यो बोलको गीत पछि गायक लामाले विलकुलै नयाँ लोक–आधुनिक पाराको रोमान्टिक गीत–

हे कान्छी परेकी बान्की चिटिक्क परेर बजार जान्छी हेर्दामा कान्छी राम्री बोल्दामा छुच्ची चाम्री वोलको गीत सार्वजनिक गरिएको हो।

नेपालका प्रथम टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी‘’ गीतको भिडियोको सार्वजनिक गरिएको हो। गीतमा विकाश सिल्वालको शब्द र सङ्गीत, जय पाण्डेकको निर्देशन, विकाश भुजेलको एरेञ्ज, र दिनेशजंग राणाको सम्पादन रहेको छ।

भिडियोमा पूर्णिमा लामा, दोर्जे लामा र एलीना गुरुङका साथमा गायक भीमसेन टी लामाको पनि बेजोड अभिनय रहेको छ। गीत पूर्णतया डान्सिङ प्याट्रोनमा रहेको छ। यस गीत सुन्ने र हेर्ने प्राय सवै दिल खोलेर रमाएर नाच्ने निश्चित देखिन्छ।

पच्चीस बर्ष लामो गायनको निरन्तरताको रुपमा गायक लामाले यस गीतलाई बजारमा ल्याएका हुन्। यस गीतको भिडियो बेस्ट्रोन म्युजिकको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।