ललितपुर। नेपालको मौलिक परम्परा अनि पर्व म्हःपूजालाई विस्तारित गर्ने तथा विदेशीहरुले पनि यो पर्वको आवश्यकता र महत्वलाई संझुन भनेर नेपालमा आएका पर्यटकहरुको पनि म्हःपूजा अर्थात आत्म पूजा गरिएको छ।

ज्यापु समाज यलःको आयोजनामा सोमवार ललितपुरको दरवार स्क्वायरमा म्हःपूजा कार्यक्रम भएको हो। कार्यक्रममा म्हःपूजाको वारेमा ती विदेशी पर्यटकहरुलाई म्हःपूजाको अर्थ र म्हःपूजा गर्दा आत्मा शुद्धि हुने लगायत यसको आवश्यकता र महत्वको वारेमा प्रकाश पारिएको थियो। जसमा दर्जनौं विदेशी पर्यटहरुले सहभागिता जनाएको ज्यापु समाज यलःकी पदाधिकारी सरिता महर्जनले बताएकी छन्।

महर्जनका अनुसार, यसप्रकारको कार्यले नेपालमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने निश्चित छ। विदेशी पर्यटकहरुले हाम्रो गजबको परम्परा र मौलिकतालाई बुझ्न आवश्यक छ। जसलेगर्दा नेपाल र नेपालीको गौरबता विश्वमाझ फैलिदै जानेछ।

प्रकाशन मिति–२०७६ साल कात्तिक १२ गते मंगलवार ।