ललितपुर। धर्तीपुत्र आदिवासी कृषक ज्यापु समुदायको गौरबमय संगठन ज्यापु समाज यल पच्चीस बर्षको गौरबमय रजत जयन्तीको उत्सवमा रहेको छ।

यस अवसरमा ज्यापु समाज यलले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम गरेर सप्ताहव्यापी कार्यक्रम गरिरहेको जानकारी समाजकी सह–सचिव सरिता महर्जनले भिजन संसार डटकमलाई बताएकी छन्।

सह–सचिव महर्जनका अनुसार, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समेत रजत जयन्ती विशेष समारोहमा हुने भएको छ। त्यसको अलावा ज्यापु समाज यलले पंचायतकालमा बामपन्थीको मसिहाको रुपमा नेपाली जनतामाझ अत्यन्त चर्चित लोकप्रिय नेता पदमरत्न तुलाधरलाई विशेष अभिनन्दन सहित सम्मान गरिने भएको छ।

यही भदौं २८ गते विहीवार ज्यापु समाज यलको ज्यापु प्रज्ञाप्रतिष्ठानमा भव्य रुपमा सम्मान गरिने जानकारी पनि सह–सचिव महर्जनले दिएकी छन्। यो हप्ता नै वाकाथन, तेकान्डो प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका विविध कार्यक्रम हुने भएको छ।

प्रकाशन मिति–२०७५ साल भदौ २६ गते मंगलवार ।