काठमाडौ। दुई दशक अगाडि निर्माण भएको अत्यन्त हिट नेपाली फिल्म साइनो आमैले भन्थे धाराको पानी नखाउ नानी मरे नि तिर्खैले बोलको यो गीत अव नयाँ नेपाली फिल्ममा पनि हेर्न पाइने भएको छ।

नयाँ नेपाली फिल्म झमक बहादुरमा उक्त गीतलाई रिमिक्स गरेर राखिएको छ। नयाँ ढंग तथा नयाँ पुस्ताको सोच अनुरुप उक्त गीत बनाइएको छ। यसै गीतलाई टार्गेट गरेर काठमाडौको बागबजार स्थित होटल हार्दिकमा आयोजित भव्य कार्यक्रममा यस गीतको रिलिज गरिएको छ।

चलचित्र विकास बोर्डका सदस्य तथा प्रसिद्ध कलाकार उत्तम केसीको आतिथ्यमा गीत सार्वजनिक भएको हो। यस गीतमा कसुम गजमेरको शब्द र रन्जित गजमेरको सङ्गीत रहेकोलाई रिमिक्स ओम सुनारले गरेका हुन् । रिमिक्सिमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ।

रिलिज कार्यक्रममा फिल्म झमक वहादुरका निर्माता मीनकुमार तामाङले चलचित्र झमक बहादुर नेपाली समाजको बास्तविक चित्र भएको दावी गर्दै झुपडीमा बस्ने र महलमा बस्नेवीचको व्दन्दात्मक हाँस्य प्रधान चलचित्र भएको खुलासा गरेका छन्।

फिल्म ‘साइनो’मा भुवन केसीले ख्याति कमाइसकेको यस गीतमा फिल्म झमक बहादुरमा भने नयाँ पुस्ताका हिरो अनुप विक्रम शाहीले नाचेका छन्। आगामी नयाँ बर्ष २०७५ सालको जेठ ११ गते बाट देशभर एक साथ फिल्म झमक वहादुर रिलिज हुने भएको छ। यस फिल्मको निर्देशन भोमन कटुवालले गरेका छन्।

प्रकाशन मिति–२०७४ साल पुष १४ गते शुक्रबार ।