काठमाडौं। झम्म झम्म पानी पार्ने गायकको रुपमा व्यापक चर्चा पाएका रामकृष्ण श्रेष्ठ फिल्मी नायक पनि बनेका छन्। गायक रामकृष्ण श्रेष्ठ सटमूबी मेरी आमावाट नायक बनेका हुन्।

मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर गायक रामकृष्ण अभिनित सटमूबी मेरी आमा युट्युब च्यानल मार्फ विश्वव्यापी रिलिज भएको छ। विशेषत गायक रामकृष्ण श्रेष्ठले आफ्ना गीतका म्युजिक भिडियोहरुमा अभिनय गर्नुको अलावा नायिका शुभेच्छा थापाव्दारा निर्मित चलचित्र को हु म मा नेताको सानो रोलमा अभिनय गरिसकेका छन्।

सानोतिनो रोलमा अभिनय गर्दैआएको भएतापनि रामकृष्णले लिडिङ रोलमा अभिनय गरेको भने, सटमूबी मेरी आमामा नै हो। यस सटमूबीमा विशेषत दृष्टिविहिन आमाको पीडा तथा त्यो आमामार्थि बुहारीको चालबाज तथा लाचार छोराको यथार्थ कथा बुनिएको छ।

मेरी आमाको कथाकार प्रतिष्ठित चलचित्रकर्मी राजकुमार शाह हुनभने, यस सटमूबीको निर्देशन रमेश पाठकले गरेका हुन्। सटमूबीमा गायक रामकृष्ण श्रेष्ठको श्रीमतीको रोलमा नविना अधिकारी र आमाको भूमिका देबकी श्रेष्ठले अभिनय गरेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख २८ गते मंगलवार ।