काठमाडौं। नेपाली गीत–संगीत क्षेत्रमा गीतवाटै झम्म झम्म पानी पार्ने गायकको रुपमा अत्यन्त चर्चा पाएका गायक रामकृष्ण श्रेष्ठको पछिल्लो गीतको भिडियोको छायाँकन भएको छ। फूलजस्ती छौ तिमी कमलजस्ती छौ बोलको गजबको गीतको भिडियो छायाँकन भएको हो।

प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल तथा पोखरा वरपर छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको विशेष अभिनय रहेको छ। साथमा नविना अधिकारी, अमृता घिसिङ र अनिल श्रेष्ठको अभिनय रहेको छ। सञ्जिव घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन कुवेर तामाङले गरेका छन्।

गीतको संगीत गायक श्रेष्ठकै पूजनिय सांगीतिक गुरु सुरेन्द्र श्रेष्ठको रहेको छ। गीतको शव्द रचना डा.चन्द्रमणि अधिकारी रहेको छ। गीतको भिडियो नेपालीहरुको दोश्रो महान पर्व झिलीमिली तिहारको सेरोफेरोमा रिलिज हुने जानकारी गायक श्रेष्ठले दिएका छन्।
प्रकाशन मिति–२०७७ साल कात्तिक २० गते विहीवार ।